spot_img

पत्रकार र सामाजिक अभियान्ताको सहयोगमा बैदेशिक रोजगारीमा पठाई दिने भन्दै ठगी गर्नेले गरे रकम फिर्ता

पत्रकार र सामाजिक अभियान्ताको सहयोगमा बैदेशिक रोजगारीमा पठाई दिने भन्दै ठगी गर्नेले गरे रकम फिर्ता
सैनामैना साउन २७
नागरिकहरुलाई बैदेशिक रोजगारीमा पठाउछु भनि ठगी गर्नेहरुको संख्या पछिल्लो समय बढदै गईरहेको छ । यसै क्रममा रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं.९ बस्ने बुद्धि बहादुर गुरुङ्ग, जित बहादुर गुरुङ्ग बाट एजेन्ट मार्फत १४ लाख २५ हजार सैनामैना–९ बासगढी बस्ने रमेश गुरुङ्ग बाट र स्याङ्जा निवासी रेशम गुरुङ्ग बाट ४ लाख ४५ हजार रकम लिईएको थियो ।
यसरी रकम लिई सम्र्पक बिहिन भएका भोजपुर जिल्ला षडानन्द –२ स्थायी ठेगाना भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने मन्दिरा राई बिरुद्ध पीडितहरुले सामाजिक अभियान्ता र पत्रकारको सहयोेगमा ०८१ साल जेठ २९ गते बैदेशिक रोजगार न्याधीकरणमा उजुरी दर्ता गराएका थिए । बैदेशिक रोजगार न्याधीकरणले निर्णय आदेशले यही साउन ४ गते मन्दिरा राई लाई काठमाडौं उपत्याका अपराध अनुसन्धान कार्यालय टेकुले निजलाई पक्राउ गरेको थियो ।
पक्राउ परे संगै पीडक मन्दिरा राई ले निजहरुको पैसा फिर्ता गरी मिलापत्र गरेको पिडितहरुले बताएका छन् । यसरी सर्वसाधारण लाई बिदेश पठाई दिन्छु भन्दै ठगी गर्ने लाई कानुनको कठधरामा ल्याउनको लागि महत्वपूर्ण सहयोग गरेकोमा सामाजिक अभियान्ता डोलराज भण्डारी, आनन्द गिरी पत्रकार दिनेश घिमिरे, बलाराम खनाल, बिप्लव खड्का लाई धन्यवाद दिए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर