गैडहवा नागपञ्चमी पर्व अवसरमा बिदा
रुपन्देहीको गैडहवा गाउँपालिका स्थानीय सरकारले बिदा दिएको छ गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले सम्पूर्ण लाई शुभकामना दिदै सम्पूर्ण को सुख शान्तिको कामना गर्नु भएको छ उहाँले नाग देवताको छुटै महत्त्व रहेको बताउदै सर्प भनेर चिनेनी लाई नाग देवता भने गरिन्छ ।
हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजा अर्चना गरी मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ ।