spot_img

दैनिक निशुल्क जुम्बा सञ्चालन

दैनिक निशुल्क जुम्बा सञ्चालन
रुपेश पौडेल
बुटवल साउन २३
मानव जीवनको लागि शारिरीक तथा मानसिक व्ययामको आवश्यकता हुन्छ । शारिरीक र मानसिक स्वास्थ्यलाई चुस्त दुरुस्त राख्नका लागि विभिन्न प्रकारका व्ययामहरु गर्ने गरिन्छ । यस्तै मध्येको एक व्ययाम हो जुम्वा । अहिले जुम्बा व्ययाम बुटवल उपमहानगरपालिका वडा नं.–१३ भैरब मन्दिर परिषरमा नियमित सञ्चालन हुदै आईरहेको छ ।
भैरव मन्दिर परिषरमा दैनिक बिहान ५ बजेदेखि ६ बजेसम्म नियमित जुम्बा व्ययाम सञ्चालन हुने गर्दछ । जसमा प्रत्येक दिन बुटवल उपमहानगरपालिका वडा नं.१२ र १३ का गरी १ सय ७० भन्दा बढी प्रशिक्षार्थी सहभागि हुने गर्दछन् । दैनिक रुपमा जुम्बा व्ययामको प्रशिक्षण भारतीय सेनाबाट सेवा निवृत बुटवल उपमहानगरपालिका वडा नं.–१३ निवासी प्रशिक्षक राजकुमार थापाले गराउदै आउनु भएको छ ।
नेपालमा जुम्बा व्ययामको शुरुवात सन् २००९ भएको हो । औपचारिक रुपमा शुरुवात भएपनि क्रमिक रुपमा नेपालको विभिन्न स्थानहरुमा सञ्चालन हुदै आईरहेको प्रशिक्षक थापाले बताउनु भयो । मानव जीवनको लागि योग अभियान अन्र्तगत व्ययामको आवश्यकता जागरण गर्न गराउनको लागि अभियानको रुपमा सञ्चालन गरिएको जुम्बा व्ययाम टिमका संयोजक समेत रहनुभएका प्रशिक्षक थापाले बताउनु भयो ।
जुम्बा एक प्रकारको योगा व्ययामको रुपमा रहेको छ । यो व्ययाम संगीत संगसगै गर्ने गरिन्छ । यो व्ययाम बाट शरिर स्वस्थ्य हुनुका साथै यसले मोटोपन घटाउन मद्दत गर्दछ । नृत्यका माध्यमबाट गरिने यस व्ययाम बाट टाउकोदेखि खुट्टाको पैताला सम्म शरिरका सबै अङ्गहरुमा व्ययाम हुने गर्दछ । जुम्बाका ६–७ बटा बिधा रहेका छन् । तीन महिना सम्म जुम्बा व्ययाम निरन्तर रुपमा गरेको अवस्थामा ६–८ किलो सम्म तौल कम हुनुका साथै शरिर स्र्फुत हुने गर्दछ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर