संघीय सांसद तथा पूर्व पर्यटन मन्त्रीद्धारा केबलकारको अवलोकन भ्रमण र माँ कामाख्याको दर्शन
बुटवल साउन १३
संघीय सांसद तथा पूर्व पर्यटन,नागरिक तथा उड्डयन मन्त्री योगेश भट्टराईले आज बिहान लुम्बिनी केबलकारको अवलोकन भ्रमण तथा माँ कामाख्या देवीको दर्शन गर्नुभएको छ ।
केबलकारको अवलोकन भ्रमणको क्रममा लुम्बिनी केबलकारका अपरेशन म्यानेजर दिल्ली नारायण कायस्थ र म्यानेजर प्रज्वल घिमिरेले लुम्बिनी केबलकारले यस क्षेत्रको पर्यटन प्रर्वधन, विकाशमा खेलिरहेको भूमिका र पर्यटनको क्षेत्रमा पु–याईरहेको योगदानको बारेमा बताउनु भएको थियो ।