नेपाल उद्योग परिसंघको नेशनल काउन्सिल मिटिङ्ग माँ कामाख्या देवी मन्दिर परिषरमा
पाल्पा, साउन १२
मेक इन नेपाल स्वदेशी अभियान सञ्चालन गरिरहेको नेपाली उद्योगी व्यवशायीहरुको छाता संस्था नेपाल उद्योग परिसंघको नेशनल काउन्सिल मिटिङ्ग पाल्पा जिल्ला तिनाउ गाउँपालिका वडा नं.३ लुम्बिनी केबलकारको टप स्टेशन बशन्ततपुरमा अवस्थित माँ कामाख्या मन्दिर परिषरमा सम्पन्न भएको छ ।
नेपाल उद्योग परिसंधका अध्यक्ष राजेश कुमार अग्रवालको अध्यक्षतामा सम्पन्न भएको नेशनल काउन्सिल मिटिङ्गमा परिसघका उपाध्यक्षहरु बिरेन्द्रराज पाण्डे, राज बहादुर शाह, हेमराज ढकाल, भिम घिमिरे, पदाधिकारी सदस्य गोकुल भण्डारी, कोशी प्रदेश अध्यक्ष पवन अग्रवाल, मधेस प्रदेश अध्यक्ष प्रमोद साह, लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम, गण्डकी प्रदेश अध्यक्ष बिनोद न्यौपाने कर्णाली प्रदेश अध्यक्ष छत्र शाही लगायत विभिन्न जिल्ला संघका अध्यक्षहरु सहित ३५ जनाको सहभागिता रहेको थियो ।
नेपाल उद्योग परिसंघले वार्षिक रुपमा ४ (चार) वटा नेशनल काउन्सिल मिटिङ्ग गर्ने र यस वर्षको पहिलो मिटिङ्ग लुम्बिनी प्रदेशको पर्यटन प्रर्वधनमा महत्वपूर्ण भूमिका खेलिरहेको लुम्बिनी केबलकारको टप स्टेशनमा अवस्थित माँ कामाख्या मन्दिर परिषरमा सम्पन्न गरिएको नेपाल उद्योग परिसंघका सञ्चार निर्देशक हिमाल पौडेलले बताउनु भयो ।
निजी क्षेत्रको छाता संगठनको रुपमा रहेको नेपाल उद्योग परिसंघले स्वदेशी वस्तु तथा सेवाको पहुँच बढाउन राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरु संग सहकार्य गर्दै आईरहेको र अहिले संयुक्त राष्ट्र सघको पुँजी विकाश कोष ( युएनसिडिएफ)को अगोडा प्लेटफार्म आवद्ध भएको र यसबाट नेपाली स्वदेशी वस्तुहरु अन्तराष्ट्रिय व्यवशायिक सञ्जालमा पुग्न प्रभावकारी हुने परिसंघले बताउदै आएको छ ।
अहिले नेपाल उद्योग परिसंघमा ठुला तथा मझौला गरी ३५० उद्योगहरु आवद्ध रहेका छन् भने गत वर्ष कर दिवशको अवशरमा नेपाल सरकारबाट सम्मानित भएका १६ जना उच्च करदाता मध्ये ११ जना नेपाल उद्योग परिसंघका सदस्यहरु रहेको नेपाल उद्योग परिसंघका प्रवत्ता एवं उपाध्यक्ष हेमराज ढकालले बताउनु भयो ।
नेपाल उद्योग परिसंघको नेशनल काउन्सिल मिटिङ्ग माँ कामाख्या देवी मन्दिर परिषरमा
प्रतिक्रिया