spot_img

लुम्बिनी केबलबारको डबल छुट अफर

लुम्बिनी केबलबारको डबल छुट अफर
बुटवल असार –२०
यस अघि विभिन्न छुट अफरहरु सञ्चालन गर्दै आएको लुम्बिनी केबलकार लिमिटेडले डवल छुट अफर कार्यक्रम सञ्चालनमा ल्याएको छ । डबल छुट अफर अन्तरगत रुपन्देहीमा रहेका विभिन्न वाटर पार्क र मनोरञ्जन पार्कहरुमा घुमफिर गरेको टिकट लिई १५ दिन भित्र लुम्बिनी केबलकारको यात्रा गरेमा लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत सम्म छुट दिने लुम्बिनी केबलकार लिमिटेडका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।
एकीकृत रुपमा पर्यटन प्रवर्धनमा लुम्बिनी केबलकार यस क्षेत्रको अग्रणी संस्था भएकोले पर्यटन विकाशमा क्रियाशील संस्थाहरुलाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ डवल छुट अफर कार्यक्रम लागु गरिएको यो नेपाली र भारतीय दुबै देशका नागरिकहरुमा लागु हुने लुम्बिनी केबलकार लिमिटेडका अपरेशन म्यानेजर डिएन कायस्थले बताउनु भयो । उल्लेखित डवल छुट अफर प्राप्त गर्नका लागि सम्बन्धित वाटर पार्क तथा मनोरञ्जन पार्कहरुले लुम्बिनी केबलकार लिमिटेड संग सम्झौता गरेको हुनुपर्ने लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर