सैनिक आवासीय महाविद्यालयका शिक्षक र विद्यार्थीहरु लुम्बिनी केबलकारको अध्ययन भ्रमणमा
बुटवल असार –१७
बुटवल उपमहानगरपालिका वडा नं.–४ गोलपार्कमा यसै वर्षदेखि सञ्चालनमा आएको सैनिक आवासीय महाविद्यालयका शिक्षक र विद्यार्थीहरुले लुम्बिनी केबलकारको शैक्षिक अध्ययन अवलोकन भ्रमण गरेका छन् ।
१ संय ३५ जना विद्यार्थीहरु सहित शिक्षकहरुको टिमले शिक्षक, विद्यार्थी सयुक्त रुपमा केवलकारको अध्ययन अवलोकन भ्रमण गरेको सैनिक आवासीय महाविद्यालयका प्रिन्सिपल दोलराज भण्डारीले बताउनु भयो ।
विद्यार्थीहरुलाई केबलकारको शाहसिक मनोरञ्जनात्मक यात्रा गराउनुका साथै धार्मिक र सांस्कृतिक महत्वको बारेमा विद्यार्थीहरुलाई जानकारी गराउनको लागि शिक्षक, विद्यार्थी सहितको अध्ययन अवलोकन भ्रमण गरिएको प्रिन्सिपल भण्डारीले बताउनु भयो । सैनिक आवासीय महाविद्यालयमा १ संय ३७ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
लुम्बिनी केबलकार लिमिटेडले अध्ययन अवलोकनको लागि आउने विद्यार्थीहरुलाई विषेश छुटको व्यवस्था गरेको लुम्बिनी केबलकार लिमिटेडका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो । जस अन्तरगत ५० जनाको समूहमा आउने विद्यार्थीहरु लाई प्रति विद्यार्थी मात्र ४ संय ५० रुपैया कायम गरिएको र उक्त छुटको लागि विद्यालयको आधिकारिक पत्रमा विद्यार्थीको नाम अनिवार्य उल्लेख भएको हुनुपर्ने लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।