लुम्बिनी केबलकारमा छुटै–छुट अफर, भारतीय पर्यटकको आर्कषणमा केबलकार
बुटवल असार –१५
पर्यटन प्रर्वद्धन विकाशमा अग्रणी भूमिका खेलिरहेको संस्था लुम्बिनी केबलकार लिमिटेडले केबलकारको यात्रामा छुटै–छुट अफर कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । केबलकार बुटवल उपमहानगरपालिका वडा नं.–३ रुपन्देहीमा बटम स्टेशन र तिनाउ गाउँपालिका वडा नं.–३ बशन्तपुर पाल्पामा टप स्टेशन रहेको छ ।
लुम्बिनी केबलकारमा ८० वर्ष माथिको उमेर समूहका हरेक नागरिक र ३ फिट सम्मका बालबालिकाको लागि केबलकार सेवा निशुल्क छ । फरक क्षमता भएका नागरिकहरु, ३ फिट देखि ४ फिट सम्मका बालबालिकाहरु र स्थानीयहरुलाई ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । यसै गरी ७० देखि ८० वर्ष समूहका नागरिकहरुलाई ४० प्रतिशत छुटको व्यवस्था रहेको छ । ५० वा पचास भन्दा बढी विद्यार्थीहरु एकै पटकमा केबलकारको यात्रा गरेको अवस्थामा प्रति टिकट ४ संय ५० रुपैयाँ कायम गरिएको र उक्त सेवा प्राप्त गर्नको लागि विद्यालयको आधिकारिक पत्रमा विद्यार्थीहरुको नाम हुनुपर्नेछ । स्थानीयको परिभाषामा आयोजना रहेको स्थान बुटवल उपमहानगरपालिका वडा नं.–३ रुपन्देही र तिनाउ गाउँपालिका वडा नं.–३ पाल्पा रहेको लुम्बिनी केबलकारको म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।
लुम्बिनी केबलकारको टप स्टेशनमा अवस्थित माँ कामाख्या देवी मन्दिरमा हरेक महिनाको १ गते दिव्य महाआरती हुने र उक्त दिन महाआरतीमा सहभागि हुने नेपाली र भारतीय भक्तजनहरुलाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध हुने गरेको छ । उक्त टिकट साझ ५ बजेपछि मात्र उपलब्ध हुने लुम्बिनी केबलकार लिमिटेडका अपरेशन म्यानेजर डिएन कायस्थले बताउनु भयो ।
बुटवल बाट १२ मिनेट केबलकारको रमणीय यात्रा बाट बशन्तपुरमा पुग्न सकिन्छ भने केबलकारको माथिल्लो स्टेशन बशन्तपुरमा नेपालको एकमात्र शक्तिपीठ माँ कामाख्या देवीको मन्दिर रहेको छ । केबलकार यात्रा एक एड्भेञ्चर यात्रा भएको र यात्रीहरुलाई थप एड्भेञ्चर गतिविधिमा सहभागि गराउनको लागि टप स्टेशन बशन्तपुरमा जिपलाईन, स्काइसाइक्लिङ्ग, जाईन्ट स्वीङ्ग लगाएतका थप एड्भेञ्चर क्रियाकलापहरु सञ्चालनमा रहेको अपरेशन म्यानेजर कायस्थले बताउनु भयो ।
केबलकारको यात्रा बाट बुटवल शहर, सिद्धबाबा धाम, तराई, पहाडको हरियाली वन जंगल उत्तर तर्फ अन्नपूर्ण हिम श्रृखला देखि दक्षीण तर्फ भारत सम्मको केही भूभागको दृश्यालोकन गर्न सकिन्छ । लुम्बिनी केबलकारको यात्रा बाट एकै साथ तराई, पडाह र हिमालको अनुभूति गर्न सकिन्छ ।
गर्मीयामको शुरुवात संगसगै शितलताको लागि दैनिक संयौको संख्यामा यात्रुहरु बुटवल गोलपार्क केबलकार चोक हुदै केबलकारको माध्यमबाट तिनाउ –३ पाल्पा बशन्तपुर पाल्पा जाने गरेको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ । समुद्री सतहबाट झण्डै ३ हजार फिटको उचाँईमा रहेको केबलकारको माथिल्लो स्टेशनमा तल्लो स्टेशनको भन्दा झण्डै १० डिग्रीको तापक्रममा फरक हुने गरेको पार्ईएको छ । वर्षायाम शुरु भए संगै केबलकारको माथिल्लो स्टेशनमा एक –एक घण्टाको फरकमा घाम लाग्ने र कुहिरो लाग्ने गर्दछ । केबलकारको यात्रामा नेपालको विभिन्न स्थानहरुका साथै भारतको उत्तर प्रदेश तथा विभिन्न अन्य राज्यहरु बाट दैनिक संयौको संख्यामा यात्रुहरु आउने गरेको र लुम्बिनी केबलकार भारतीय पर्यटकहरुको लागि एउटा महत्वपूर्ण पर्यटकीय गनतव्यको रुपमा विकाश हुदै गईरहेको र जसबाट स्थानीयहरुको आर्थिक जीवन स्तरमा सकारात्मक परिवर्तन भईरहेको स्थानीय कृष्ण बहादुर रम्जालीले बताए ।