स्थापना दिवशको अवशरमा लुम्बिनी केबलकारको टप स्टेशनमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
पाल्पा असार –१३
होटेल तथा रेष्टुरेन्ट व्यवशायी संघ रुपन्देहीको २६ औं स्थापना दिवशको अवशरमा लुम्बिनी केबलकारको टप स्टेशन तिनाउ गाउँपालिका वडा नं.–३ बशन्तपुर पाल्पामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
आज विहान ११ बजेदेखि शुरु भएको रक्तदान कार्यक्रममा १ संय जना भन्दा बढी रक्तदाताहरुको सहभागिता रहेको भएता पनि स्वास्थ्य परीक्षण संगै ७० जनाले रक्तदान गरेको होटेल तथा रेष्टुरेन्ट व्यवशायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी केबलकारका म्यानेजर प्रज्वल घिमिरेले रक्तदानको महत्वको साथसाथै यस क्षेत्रको पर्यटन प्रर्वद्धन, विकाशको लागि केबलकारले महत्वपूर्ण भूमिका खेलिरहेको र पर्यटनको माध्यमबाट आर्थिक विकाश र समृद्धिको लागि केबलकार हरेक पर्यटन, प्रर्वद्धन र विकाश लागि अग्रशर संस्थाहरु संग सहकार्यको लागि प्रतिबद्ध रहेको बताउनु भयो ।
कार्यक्रममा होटेल तथा रेष्टुरेन्ट व्यवशायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले व्यवशायिक सामाजिक उत्तर दायित्व अन्तरगत स्थापना दिवशको अवशरमा वार्षिक रुपमा गरिदै आएको बृहत रक्तदान कार्यक्रम पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले लुम्बिनी केबलकारको टप स्टेशनमा राखिएको बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी केबलकार लिमिटेडका प्रतिनिधि तेज बहादुर सुनार, होटेल तथा रेष्टुरेन्ट व्यवशायी संघ लुम्बिनी प्रदेश उपाध्याक्ष महेन्द्र श्रेष्ठ लगायत समुद्र जि.सी. शिवराज पोखरेल, पत्रकार स्वस्तिक श्रेष्ठ लगायतले रक्तदानको र पर्यटन प्रर्वद्धनको महत्व बारे प्रकाश पार्न भएको थियो ।
होटेल तथा रेष्टुरेन्ट व्यवशायी संघ रुपन्देहीमा १२ सय भन्दा बढी व्यवशायी आवद्ध रहेको सघले जनाएको छ ।