रुपन्देहीको गैडहवा गाउँपालिकामा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईएको छ
।
हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसारविरुद्धको दिवसको रूपमा मनाउने संयुक्त राष्ट्र सङ्घको सन् १९८७ को घोषणापत्रमा उल्लेख छ त्यसैको अवसरमा गैडहवा गाउँपालिकाले कार्यक्रमको आयोजना गरेको थियोे ।
गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्याल गैडहवा गाउँपालिका भित्रका समुदायलाई लागूऔषधको असर र कारोबारबाट मुक्त गराउने उद्देश्यले यो दिवस मनाईएको र पालिका भित्र लागू औषध सेवन ओसारपसार गरेको देखेमा नजिकैरहेका प्रहरी चौकी या गैडहवा गाउँपालिकामा जानकारी दिन अध्यक्ष पौडेल आग्रह गर्नु भयो।
गैडहवा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल, प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले गाउँ घरमा बढीमात्रमा लागूऔषध लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बर्षैनी बढ्दै गइरहेको यसमा स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम गरि युवायुवती हरुलाई कुलतमा फस्न दिन नहुने बताउनु भयो ।
गैडहवा गाउँपालिका भित्र लागूऔषध दुरुपयोगविरुद्ध लडौँ, रोकथाममा जोड दिऔं’ भन्ने नाराका साथ आज सामुदायिक बिद्यालय निजि बिद्यालय ईलाका प्रहरी सुर्यपुरा , गैडहवा साथी सन्जालको सहभागीतामा विभिन्न कार्यक्रम गर्दै सचेततामुलक कार्यक्रम संगै जिंगल वडा हुँदै टोल टोल सम बजाईएको थियोे कार्यक्रममा लागू औषध नियन्त्रण तथा ओसारपसार रोकथामका लागि सबै क्षेत्र लाग्नुपर्नेमा गैडहवा गाउँपालिका अधिकृत रचना गौतमले जानकारी दिनु भयो ।