spot_img

अष्टेलियाको वार्षिक आर्थिक सहयोगमा निरन्तरता

अष्टेलियाको वार्षिक आर्थिक सहयोगमा निरन्तरता
काठमाडौं असार –८
नेपालको विकाश कार्यहरुमा सहयोग पु–याउने उद्देश्यका साथ अष्टेलिया सरकारले यस वर्ष नेपाललार्ई झण्डै ३ अर्व रुपैयाँको आर्थिक सहयोग दिने घोषणा गरेको छ ।
अष्टेलियाले हरेक वर्ष आफ्नो बजेटबाट विकाशोन्मुख देशहरुलाई आर्थिक सहयोग दिने गर्दछ । अफिशियल डेभलपमेन्ट एसिस्टेन्ट (ओडिए) अन्तरगत प्रदान गरिने सहयोग एसियाली मुलुकका साथै प्यासिफिक क्षेत्रका देशहरुको विकाशमा लक्षित हुने गरेको छ ।
नेपाललाई दिएको यस वर्षको विकाश सहयोगमा भने केही घटाएको पाईएको छ । यसको साथै दक्षिण एसियाली देशहरुलाई दिने सहयोग रकममा पनि गत वर्षको भन्दा धेरै नै कटौटी गरेको पाईएको छ । अष्टेलियाले हरेक वर्ष दिने सहयोगको उचित व्यवस्थापन, सदुपयोग विषयमा अध्ययन गरेर सहयोग रकम तय गर्ने गरेको छ ।
अष्टेलियाको बिदेश विभागले जनाए अनुसार नेपालका ३ क्षेत्रलाई आधार बनाएर सहयोग प्रदान  हुदैं आईरहेको र ती क्षेत्रहरुमा स्वास्थ्य, सुरक्षा र स्थायित्व तथा आर्थिक उन्नती रहेका छन् ।
spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर