spot_img

लुम्बिनी केबलकार र लुम्बिनी इन्जिनियरिङ्ग कलेज बीच सम्झौता

लुम्बिनी केबलकार र लुम्बिनी इन्जिनियरिङ्ग कलेज बीच सम्झौता
बुटवल असार– ७ नारायण मरासिनी बुटवल
लुम्बिनी केबलकार लिमिटेड र लुम्बिनी इन्जिनियरिङ्ग कलेज तिलोत्तमा–७ भलवारी रुपन्देही बीच व्यापारिक सम्झौता भएको छ । केबलकारको व्यापार बिस्तार अभियान अन्तरगत सम्झौता भएको हो । सम्झौता बमोजिम लुम्बिनी इन्जिनियरिङ्ग कलेजमा अध्ययनरत ५० जनाको समूहमा आउने विद्यार्थीहरुले लुम्बिनी केबलकारको यात्रामा विधार्थी टिकटमा समेत २५ प्रतिशत छुट पाउने गरी सम्झौता गरिएको लुम्बिनी केबलकारका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।
सम्झौतामा लुम्बिनी केबलकारको तर्फबाट अपरेशन म्यानेजर वरिष्ठ इन्जिनियर दिल्ली नारायण कायस्थ र लुम्बिनी इन्जिनियरिङ्ग कलेजको तर्फबाट निर्देशक तुल्सी प्रसाद सापकोटाले हस्ताक्षर गर्नु भएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।
लुम्बिनी इन्जिनियरिङ्ग कलेज देशको एक अग्रणी शैक्षिक संस्थाको रुपमा रहेको र कलेजमा अहिले डिप्लोमा लेभलमा सिभिल, कम्प्युटर, इलेक्ट्रिकल र व्याचलर लेभलमा सिभिल इन्जिरियरिङ्ग, कम्प्युटर इन्जिनियरिङ्ग, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक इन्जिनियरिङ्ग, बिई आईटि इन्जिनियरिङ्गमा १ हजार भन्दा वढी बिद्र्याथीहरु अध्ययनरत रहेको निर्देशक तुल्सी प्रसाद सापकोटाले बताउनु भयो ।
लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । आन्तरिक तथा बाह् पर्यटन प्रर्वधनमा, विकाशमा लुम्बिनी केबलकारले महत्वपूर्ण भूमिका खेलिरहेको र लुम्बिनी केबलकारको निर्माण युरोप अष्ट्रियाको विश्व प्रसिद्ध केबलकार निर्माता कम्पनी डोपलमायर ( हाल सम्म विश्वभर १५ हजार भन्दा वढी केबलकार निर्माण गरिसकेको १ संय वर्ष पुरानो) ले निर्माण गरेकोले इन्जिनियरिङ्गमा अध्ययरत विद्यार्थीहरुको लागि लुम्बिनी केबलकार रमणीय शाहसिक यात्रा मात्र नभई शैक्षिक अध्ययन,अवलोकन समेत भ्रमण हुने लुम्बिनी केबलकारका अपरेशन म्यानेजर वरिष्ठ इन्जिनियर कायस्थले बताउनु भयो ।
लुम्बिनी केबलकारको बटम स्टेशन रुपन्देही जिल्ला बुटवल उपमहानगर पालिका वडा नं–३ बमघाटमा र टप स्टेशन पाल्पा जिल्ला तिनाउ गाउँपालिका वडा नं.–३ बशन्तपुरमा रहेको छ । केबलकारको लम्बाई २६ सय मिटर रहेको छ । दश मिनेटको केबवकार यात्रा गरि बटम स्टेशनबाट टप स्टेशनमा पुग्न सकिने लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर