spot_img

राजधानीमा शनिवार देखि मनसुन सक्रिय हुने

राजधानीमा शनिवार देखि मनसुन सक्रिय हुने
काठमाडौं जेठ –३२
राजधानी काठमाडौं उपत्यका लगायत बाग्मती प्रदेशका केही स्थानहरुमा शनिवारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशको पूर्वी क्षेत्रमा मनसुन सक्रिय भएपनि बाकि भू–भागमा मनसुन सक्रिय हुन समय लाग्ने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुन प्रणलीको प्रभाव रहेको र बाकि भू–भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको बिहार राज्य आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकोले मनसुन सक्रिय हुन नसकेको बताईएको छ ।
महाशाखाका अनुसार बागमती प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर