spot_img

तराईमा तातो हावा केही दिन कायम रहन सक्ने 

 तराईमा तातो हावा केही दिन कायम रहन सक्ने 
बुटवल जेठ –३२
सामान्यतया मनसुनी प्रणाली चक्र पाँच देखि सात दिनभित्र देशभर फैलिएर वर्षा हुनुपर्ने हो । तर संखुवासभा, ताप्लेजुङ क्षेत्रबाट कोशीको पश्चिम क्षेत्रसम्म मनसुन पुग्न चार दिन लाग्यो । मौसम विद्हरुका अनुुुसार कोशी बाहेकका क्षेत्रमा पश्चिमबाट हावा चलिरहेको छ र यो हावाले पूर्वी दक्षीणबाट पश्चिम बहने हावालाई छेकिरहेको छ ।
बागमती र मधेश प्रदेशमा एक दुई दिनमा मनसुन फैलिन सक्ने देखिएता पनि नेपालको पश्चिमसम्म पुग्नका लागि भने अझै केही समय लाग्न सक्ने देखिएको छ । स्थानीय वायुको प्रभाव कास्की लगायत क्षेत्रमा केन्द्रित भएकोले देशका अन्य क्षेत्रको तापक्रम लगातार उच्च बनेको छ ।
लुम्बिनी र सुदूरपश्चिम तराईका क्षेत्रहरुमा दुई सातादेखि तातो हावा चलिरहेको छ । यी क्षेत्रहरुमा आउदो आईतवार सम्म तातोहावा कायमै रहने मौसम पूर्वानुमान महाशाखाले गरेको छ । अझ रुपन्देही देखि कञ्चनपुरसम्मको तराईको तातो हावा केही दिन कायमै रहेको महाशाखाले जनाएको छ ।
spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर