spot_img

गैडहवा गाउँपालिका आर्थिक वर्ष ८०/८१ को सार्वजनिक सुनुवाइ सम्पन्न

रुपन्देहीको गैडहवा गाउँपालिला अर्थिक वर्ष ८०/८१ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकोछ।

कार्यक्रममा सहभागी हरुले बिकास निर्माण सुशासन पार्दसिता  पालिकाबाट हुने गरेका कामको जनताले थाहा पाउनु पर्ने प्रश्न गरेका थिए ।

स्थानीय जनताले राखेका जिज्ञासा को जवाफ दिदै कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष सुरेन्द्र पौड्याल जनताको भावना अनुसार काम गरिरहेको र बाकी समय जनताको सेवामै काम गर्ने बताउदै पालिकालाई अगाडि बढाउन जनताको साथ सपोट आवश्यक पर्ने बताउनु भयो ।अध्यक्ष पौडेल जनताको चाहाना अनुसार आफू लगाएत सम्पूर्ण जनप्रतिनिधिले जनताको काम गर्ने बताउदै सल्लाह सुझाव दिने स्थानीय जनतालाई धन्यवाद दिनु भएको थियोे ।

कार्यक्रममा पालिका उपाध्यक्ष माधुरी जैसवाल ले न्यायसम्पादन अनुगमनमा आफुले काम गरिरहेको बताउनु भयो स्थानीयले बाटो लगाएत भौतिक निर्माणका काम छोटो समयमा भत्किएको भने प्रश्नमा कमसल काम गर्ने उपभोक्ता तथा ठेकेदारलाई निर्माणकाम कमसल गरेकालाई   भुक्तानी घटाएर दिएको बताउदै अनुगमनलाई थप ब्यबस्थापन गरेर काम गर्ने बताउनु भयो

कार्यक्रममा गैडहवा गाउँपालिका प्रमुख प्रशासकीय श्रीप्रसाद गौतमले जनताको इच्छा अनुसार कर्मचारीले काम गरिरहेको बताउदै नेपालको कानुन अनुसार पालिका भित्रका हरेक क्षेत्रमा काम गर्ने बताउनु भयो ।

स्थानीयले फजुल खर्च धेरै देखिएको गुनासोमा प्रमुख प्रशासकीय अधिकृतले गौतमले प्रदेश सरकार केन्द्र सरकारको नियम अनुसार सेवा सुबिधा इन्धन लगाएत नियम संगतनै रहेको बताउनु भएको थियोे उहाँले निति नियम अनुसार बिकास निर्माण सेवा सुबिधा पाउने बताउदै भौतिक निर्माणका हरेक कामलाई प्राविधिक अनुगमन संयोजक उपाध्यक्ष सहित स्थानीय सञ्चारमाध्यम र  स्थानीय सहित थप व्यवस्थापन सहित आफुले काम गर्ने बताउनु भएको थियोे प्रमुख प्रशासकीय गौतमले पालिका वडा मा जनतालाई सेवालिदा कुनै समस्या भएमा आफुलाई जानकारी दिन समेत आग्रह गर्नु भयो

यस्तै वडा न १ देखि ९ सम्म अध्यक्ष , शाखागत प्रमुख हरुले जनता ले उथाएका प्रश्नको जबाफ दिनु भएको थियोे ।

कार्यक्रममा स्वागत मन्तव्य सुचना अधिकारी गणेश भट्टराईले कार्यक्रमको कार्यक्रमको उदेश्य माथी प्रकाश पार्नु भएको थियोे ।कार्यक्रममा करिव १५० धेरैको सहभागीता रहेको थियोे कार्यक्रम दिउँसो दुई बजेदेखी साझ ६ बजे सम्म सन्चालन भएको थियोे ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर