माँ कामाख्या मन्दिरमा महाआरती, महाआरतीमा सहभागिको लागि केबलकारमा ५० प्रतिशत छुट
पाल्पा जेठ २९
माँ कामाख्या मन्दिरमा यही असार १ गते दिव्य महाआरती हुने भएको छ । विश्वशान्ति, मानव कल्याण, जीव कल्याणको कामना सहित माँ कामाख्या मन्दिरमा दिव्य महाआरती गर्न लागिएको माँ कामाख्याका मूल पुजरी आचार्य पण्डित सुरेश पौडेलले बताउनु भयो ।
माँ कामाख्या मन्दिर तिनाउ गाउँपालिका वडा नं.–३ बशन्तपुरमा अवस्थित छ । माँ कामाख्याको दर्शनको लागि बुटवल गोलपार्क बाट केबलकारको यात्रा गरी १२ मिनेटमा पुग्न सकिन्छ भने पैदल यात्रा बाट ३ घण्टा लाग्ने गर्दछ ।
माँ कामाख्याको दिव्य महाआरतीमा भत्तजनहरुको सहज सहभागिताका लागि लुम्बिनी केबलकारले टिकटमा ५० प्रतिशत छुट दिन गरिएको लुम्बिनी केबलकार लिमिटेडका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो । केबलकारको छुट टिकट असार १ गते साझ ५ बजे पछि मात्र जारी गरिने र उक्त टिकट सोही दिनको लागि मात्र मान्य हुने घिमिरेले बताउनु भयो ।
सती देवीको एकाउन्न शक्तिपीठहरु मध्ये माँ कामाख्याको उच्च स्थान रहेको छ । दश विद्याकी देवी मध्ये तृतीय स्थानकी देवीको रुपमा माँ कामाख्यालाई लिईन्छ । माँ कामाख्यालाई तन्त्र साधनको लागि विशेष देवीको रुपमा पूजा गरिन्छ । मनको इच्छा कामना परिपूर्ण गर्न र घरपरिवार तथा दाम्पत्य जीवनलाई समृद्ध तथा सफलताका लागि पनि देवीको उपासना तथा आराधना गर्ने परम्परा आदिकाल देखि चलिआएको पाईन्छ ।
सती स्वरुपिनी, आदिशक्ति, महाभैरवी कामाख्या देवीलाई विश्वको सबैभन्दा उच्च कुमारी देवी मानिन्छ । ६ (छ) वटा टाउको र १५ (पन्ध्र)वटा नाम भएकी कामाख्या देवीलाई नेपालका केही ठाउँहरुमा कुप्चिका देवीको रुपमा तन्त्र साधना, मनको इच्छा कामना तथा आकांक्षा परिपूर्तिका लागि पूजा गर्ने गरिन्छ ।
पिता दक्ष प्रजापतिले यज्ञमा आफ्नो पति महादेवको अपमान भएपछि अपमान सहन गर्न नसकेर, त्यही यज्ञको हवन कुण्डमा देह त्याग गरेको र सतीवदेवीको विरहमा सतिदेवीको शरीरलाई महादेवले आफ्नो काधँमा बोकेर यस धर्तीको अनेकन स्थानहरुमा हिड्ने क्रममा सतीदेवीको अंगहरु क्रमशः पतन हुंदै जाने क्रममा अंगहरुको पतन भएको स्थानहरुमा शक्तिपीठहरुको उत्पति भएको पौराणिक मान्यता रही आएको छ । त्यही क्रममा ूनीलांचलू पर्वत नामक पहाडमा देवीको गर्भ पतन भएको र माँ कामाख्या देवी प्रकट हुनुभएको मान्यता रही आएको छ । यसरी यो शक्तिपीठमा प्रकट भएको देवीलाई नै ूकामाख्या देवीू को नामले पूजा आराधना गरिन्छ ।
नेपालको एकमात्र कामाख्यादेवी मन्दिर
पाल्पा जिल्ला तिनाउ गाउँपालिका वडा नं.–३ बशन्तपुरमा माँ कामाख्याको गर्भ पतन भएको निलांचल पर्वत (आसाम, गुवाहाटी) बाट शक्ति शिला ल्याई वैदिक विधि पूर्वक प्राण प्रतिष्ठा गरि देवीलाई स्थापना गरिएको हो । देवीको दर्शन जहाँ गरेपनि फल उहीनै प्राप्त हुने माँ कामाख्या मन्दिरका पुजरी सुरेश पौडेलले बताउनु भयो ।
माँ कामाख्या मन्दिरमा महाआरती, महाआरतीमा सहभागिको लागि केबलकारमा ५० प्रतिशत छुट
प्रतिक्रिया