spot_img

लुम्बिनी केबलकार साईन रेसुङ्गा बैंक बीच सम्झौता

लुम्बिनी केबलकार साईन रेसुङ्गा बैंक बीच सम्झौता
बुटवल जेठ– २७
लुम्बिनी केबलकार लिमिटेड र बुटवलमा केन्द्रिय कार्यालय रहेको साईन रेसुङ्गा विकाश बैंक बीच व्यापारिक सम्झौता भएको छ । केबलकारको व्यापार बिस्तार अभियान अन्र्तगत सम्झौता भएको हो । सम्झौता बमोजिम बैंकको कुनै पनि शाखामा कार्यरत कर्मचारीहरुले लुम्बिनी केबलकारको यात्रामा २० प्रतिशत छुट पाउने गरी सम्झौता गरिएको लुम्बिनी केबलकारका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।
सम्झौतामा लुम्बिनी केबलकारको तर्फबाट अपरेशन म्यानेजर दिल्ली नारायण कायस्थ र साईन रेसुङ्गा विकाश बैंकको तर्फबाट मानव संशाधन विकाश तथा बाण्डिङ्ग प्रमुख प्रभास राईले हस्ताक्षर गर्नु भएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर