spot_img

कन्चन गाउँपालिका टमाटर काउली र बन्दा खेती प्रविधि तालिम सिकाई प्रवर्द्धन परियोजनाको आयोजनामा सम्पन्न

रुपन्देहीको कन्चन गाउँपालिका टमाटर काउली र बन्दा खेती प्रविधि तालिम सिकाई प्रवर्द्धन परियोजनाको आयोजनामा वडा न १ र २ को दुई समुहको संयुक्त तालिम सम्पन्न भएको छ ।
बिजय नगर सुन्दरनगरका दलित समुदाय लाई तालिम दिएको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि कन्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल रिड नेपाल परियोजनाले पालिकामा शैक्षिक संगै कृषि क्षेत्रमासकारात्मक सहयोग गरेकोमा धन्यवाद दिदै तालीम लिएकालाई कुनै सामाग्री को अभाव भएमा वडा हुँदै पालिकामा माग गरेमा सम्बोधन गर्ने बताउनु भयो।
वडा अध्यक्ष हरिनारायण थारुले कृषि नै नेपालको प्रमुख आधार रहेकोले वडा र पालिकाले सधै कृषिलाई प्राथमिकता राखेर काम गर्ने बताउदै कुनै समस्या भएमा वडामा आउन आग्रह गर्नु भयो।

कार्यक्रममा कन्चन शिक्षा सामाजिक बिकास शाखा रमेश भुसाल तालिम ल्याउनु भन्दानी सिकेको कुरा गर्न सक्नुनै तालिम लिएको उदेश्य पूरा हुने बताउनु भयो ।

कार्यक्रममा वरिष्ठ कृषि प्रशिक्षक असोक पन्त बिजय नगर महिला कृषक समूह बाट दिलमाया वि. क सुपादेउराली महिला कृषक बाट मनिषा बि.क लगाएत आआफ्नो भनाइ राखेका थिय ।

छोरीहरुको गुणस्तरीय शिक्षाका लागि आमाहरुलाई आत्म निर्भर बनाउने उदाहरणीय कार्य रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकाले सञ्चालनमा ल्याएको छ । गैरसरकारी संस्थाहरु संग समन्वय गरी सामुदायिक विद्यालयमा अध्ययनरत बालिकाहरुका आमाहरुलाई आत्म निर्भर बनाउने प्रयास पालिका मार्फत भएको छ । पालिकामा रहेका १९ ओटा सामुदायिक विद्यालयहरुमा अध्ययनरत विपन्न परिवारका बालिकाहरुको आमाहरुलाई १५ ओटा समूहहरुमा आवद्ध गराइ आयआर्जन संग जोडेको छ । उक्त समुहहरुमा करिव ३०० आमाहरु आवद्ध रहेकाछन् । समूहमा आवद्ध महिलाहरुलाई उद्धमशीलता क्षमता विकास तालिम र सीप मुलक तालिमहरु प्रदान गरिरहेको छ । पालिकाको यो प्रयास साच्चै नै अनुकरणीय रहेको स्थानीय बासीहरुले बताउने गरेकाछन् । उक्त भनाई मितिः २०८१ जेठ २० देखि २४ गतेसम्म सञ्चालन गरेको काउली, बन्दा र टमाटर खेती प्रविधि सम्वन्धी तालिममा सहभागीहरु र अतिथिहरुले व्यक्त गरेका थिए । तालिमको समापनमा बोल्दै कञ्चन गा.पा का अध्यक्ष नवराज ढकालले यहाँका सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न, महिलाहरुलाई आर्थिक रुपमा शसक्तिकरण गर्न र विद्यालय बाहिर रहेका बालिकाहरुको पढाइलाई सुनिश्चित गर्न पालिकाले रीड नेपाल, एड्वान नेपाल र ग्रिनतारा नेपालसंग समन्वय गरी सिकाइ प्रवर्द्धन परियोजना ४ वर्षको लागि सञ्चालन गरिरहेको जानकारी गराउनु भयो । तालिममा वडा नं १ का वडा अध्यक्ष हरिनारायण चौधरीले आमाहरुलाई आम्दानी संग जोड्दै सचेतनात्मक कार्यक्रमहरु सञ्चालन गर्दा छोरी शिक्षा प्रवर्द्धनमा सहयोग पुग्ने, बालविवाह न्यूनिकरण हुने र सामाजिक विकती र कुप्रथाहरु न्यूनिकरण हुने विचार व्यक्त गर्नभयो । ३० जना महिलाहरुलाई प्रदान र सामाजिक विकृती र कुप्रथाहरु न्यूनिकरण हुने विचार व्यक्त गर्नुभयो । ३० जना महिलाहरुलाई प्रदान गरिएको सो तालिमको समापनमा पालिकाका शिक्षा शाखा प्रमुख रमेश भुसाल र प्रगती नमुना माध्यमिक विद्यालयका प्र.अ गणेश पौडेलको सहभागिता रहेको थियो । कार्यक्रमको समापन कार्यक्रम सिकाइ प्रवर्द्धन परियोजनाका प्रवन्धक कपिल प्रसाद पुरीको अध्यक्षता र जिविकोपार्जन सहजकर्ता हिरालाल चौधरीको सञ्चालनमा भएको थियो । उक्त तालिमको सहजीकरण वरिष्ठ कृषि प्रशिक्षक अशोक पन्तले गर्नुभएको थियो । परियोजनाले यस पालिकामा महिलाहरुलाई च्याउ खेती, सालका पातका दुना टपरी बनाउने, खुर्सानी र लहरेवाली सम्वन्धी खेती, सयपत्री फूल खेती, काउली र बन्दा खेती, टनेलमा टमाटर खेती जस्ता नगदेवालीहरुमा व्यवस्थित तरिकाले आवद्ध गराइ आयआर्जनमा सरिक गराउँदै आइरहेको छ ।

यसको साथसाथै परियोजनाले विद्यालयका शिक्षकहरुलाई तालिमहरु प्रदान गर्ने, बालकाव परिचालन गर्ने, विद्यालय बाहिर रहेका बालिकाहरुलाई समुदायमा गरिमा सिकाइ केन्द्रहरु सञ्चालनमा ल्याई सहयोग पुर्याउने र आमाहरुलाई आर्थिक गतिविधिहरुमा आवद्ध गराउने त्रिकोणात्मक कार्यहरु मार्फत बालिका शिक्षा प्रवर्द्धनमा जोड दिइरहेको छ । उक्त परियोजना करुणा डचल्याण्ड, करुणा दृष्ट र वि.एम. जेट जर्मनको आर्थिक सहयोगमा सञ्चालनमा रहेको छ ।

कार्यक्रममा प्रगति माध्यमिक बिद्यालयका प्राचार्य गणेश पौडेल सिकाई प्रवर्द्धन परियोजनाका शि. वि. अ आर्शिष न्यौपाने शि. स कमला गरि लगाएतको उपस्तिथि रहेको थियोे
कार्यक्रममा अध्यक्षता सिकाई प्रवर्द्धन परियोजनाका प्रबन्धक कपिल प्रसाद पुरिले तालिम लिएका सम्पूर्ण लाई संस्था सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको थियोे ।
कार्यक्रम को सन्चालन संस्थाका कर्मचारी हिरालाल चौधरीले गर्नुभएको थियोे ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर