spot_img

उद्योग वाणिज्य महासंघका राष्ट्रिय अध्यक्ष द्धारा साहशिक खेलको अवलोकन

उद्योग वाणिज्य महासंघका राष्ट्रिय अध्यक्ष द्धारा साहशिक खेलको अवलोकन
दिनेश घिमिरे
बुटवल जेठ–२४
लुम्बिनी प्रदेशलाई अन्तराष्ट्रिय पर्यटकीय गनतव्यको रुपमा प्रवद्र्धन तथा विकाश गरिरहेको लुम्बिनी केबलकार लिमिटेड एवं नेपालको निजी क्षेत्रको साझा संस्था नेपाल उद्योग वाणिज्य महासंघका राष्ट्रिय अध्यक्ष समेत रहनुभएका चन्द्र प्रसाद ढकालले केबलकार टप स्टेशनमा नवनिर्मित एकीकृत साहसिक खेलको अवलोकन गर्नुभएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।
अध्यक्ष सहित उद्योग वाणिज्य महासंघका पदाधिकारीहरु समेतको टोलीले पाल्पा जिल्ला तिनाउ गाउँपालिका वडा नं. ३ बशन्तपुरमा नवनिर्मित एकीकृत शाहसिक खेलहरुको अवलोकन गरेको केबलकारका अपरेशन म्यानेजर डिएन कायस्थले बताउनु भयो ।
लुम्बिनी केबलकार लिमिटेडले हालै जाईन्ट स्वीङ्ग, स्काई साईकिलिङ्ग, लगायतका शाहसिक खेलहरुको व्यवस्था गरेको छ । केबलकारको यात्रा गरि बुटवल बाट पाल्पा बशन्तपुरमा जाने स्वदेशी तथा बिदेशी यात्रुहरुलाई शाहसिक खेलहरुमा सहभागि गराउनको लागि जिप लाईन, जाईन्ट स्वीग, स्काई साइकिलिङ्ग लगायतको व्यवस्था गरिएको केबलकारका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर