रुपन्देहीको कन्चन गाउँपालिकामा कन्चन जेसिजले विश्व वातावरण दिवसको अवसरमा एक सदस्य एक बिरुवा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि कन्चन वडा न ४ का अध्यक्ष केशरबहादुर खत्रीले वृक्षरोपण कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण कार्यक्रम रहेकोले वातावरण जोगाउन समेत बोट विरुवा लगाउनुपर्नेमा जोड दिनु भयो उहाँले कन्चन जेसिजले गरेको काम लाई धन्यवाद दिदै सधै समन्वय गरेर काम गर्ने बताउनु भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष धनपती ज्ञवालिले वृक्षरोपण कार्यक्रममा बिरुवा हुर्काउने उत्कृष्ट सदस्य लाई संस्थाले सम्मान गर्ने बताउनु भयो उहाँले बिरुवा लगाउने हेरचाह नहुदा लगाएका बिरुवा मर्ने भएकोले जस्ले लगाएको उसैले हुर्काएमा वृक्षरोपण रोपेको अर्थ हुने बताउनु भयो।
कार्यक्रममा संस्थापाक अध्यक्ष चुरामणी पौडेल पुर्व अध्यक्ष तथा सल्लाहकार बाबुराम पौडेल पुर्व अध्यक्ष राधिका चौधरी पुर्व अध्यक्ष तथा राष्ट्रिय उपाध्यक्ष राजन शर्मा लगाएतको उपस्तिथि रहेको थियोे ।
कार्यक्रममा स्वागत मन्तव्य कानुनी सल्लाहकार खेम क्षेत्रीले गर्नु भएको थियोे जेसिज आस्थापाठ कोषाध्यक्ष दिपा थारुले गर्नुभएको थियोे।
कार्यक्रम संस्थाको सचिवालयमा धुपिको विरुवा लगाएर उद्घाटन गरिएको हो संस्थाले करिव ३५ ओटा बिरुवा लगाएको छ कार्यक्रम को सन्चालन संस्थाका महासचिव जेसिज प्रकाश उपाध्याय पौडेल गर्नु भएको थियोे ।