spot_img

लुम्बिनी केबलकार, पञ्चकन्या, प्रभु बीच सम्झौता

लुम्बिनी केबलकार, पञ्चकन्या, प्रभु बीच सम्झौता
बुटवल जेठ– २०
लुम्बिनी केबलकार लिमिटेड, प्रतिष्ठित व्यापारिक संस्था पञ्चकन्या ग्रुप र प्रभु बैंक बीच छुट्टाछुट्टै कार्यक्रममा व्यापारिक सम्झौता भएको छ । केबलकारको व्यापार बिस्तार अभियान अन्र्तगत सम्झौता भएको हो । सम्झौता बमोजिम पञ्चकन्या ग्रुप र प्रभु बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुले लुम्बिनी केबलकारको यात्रामा २० प्रतिशत छुट पाउने गरी सम्झौता गरिएको लुम्बिनी केबलकारका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।
सम्झौतामा लुम्बिनी केबलकारको तर्फबाट अपरेशन म्यानेजर दिल्ली नारायण कायस्थ, पञ्चकन्या ग्रुपका तर्फबाट जनरल म्यानेजर देबेन्द्र साहु र प्रभु बैंकको तर्फबाट शाखा प्रमुख मुक्तिराम पन्थीले हस्ताक्षर गर्नु भएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर