spot_img

कञ्चन गाउँपालिका रुपन्देहीमै कम बेरुजु

रुपन्देहीमा सबैभन्दा कम बेरुजु आउने पालिका कञ्चन

कन्चन गाउँपालिका साविक गजेडि र रुद्रपुर गाविसलाई गाँभेर बनेको कञ्चन गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लाका १० गाउँपालिका मध्ये एक हो यहाँ विभिन्न जातजाति धर्म विशेषका मानिस मिलेर बसेको पालिकाहो साबिक गजेडी गाबिसमा वडा न १ र २ साविक रुद्र्पुरमा वडा ३,४ र ५ वडा रहेकाछन । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बाँसगढी बजार देखि करीब १ किलोमिटर दक्षिण ८३.२७०३५३ पूर्वी देशान्तर र २७.६४२२९१ उत्तर अक्षांशसम्म अवस्थित यो गाउँपालिका समुन्द्र सतहदेखि करीब ९२.१ मिटर को उचाइ रहेको छ । ५८.५१ बर्ग किलोमिटर क्षेत्रफल भएको यो गाउँपालिका रुपन्देही जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र ५ अन्तर्गत पर्दछ । उत्तरमा सैनामैना नगरपालिका र पूर्वमा गैडहवा गाउँपालिका, पश्चिममा कपिलबस्तुको सिमाना, उत्तर-पूर्वमा सैनामैना नगरपालिकानै रहेको छ् रुपन्देही जिल्ला मा १० गाउँपालिका मध्य आफ्नो छुट्टै पहिचान बनाएको पालिका हो यो पालिकामा धेरै सुकुम्बासी जग्गामा मानिस हरु बसोबास गर्ने गर्छन यश पालिकाको मुख्य बजार हरैया बजार थकाली चोक गरगरे बजार गजेडी बजार बेलभरिया रहेका छन ।
रुपन्देहीको कञ्चन गाउँपालिमा सबै भन्दा कम बेरुजु आएको छ । सरकारी कार्यालयको अन्तिम लेखा परिक्षण गर्ने संवैधानिक अंग महालेखा परिक्षक कार्यालयले जेष्ठ १३ गते आ.व २०७९÷०८०को वार्षिक लेखा प्रतिवेदन सार्वजनिक गर्दै रुपन्देहीमा कञ्चन गाउँपालिका पहिलो बेरुजु कम गर्ने पालिका बनेको हो बताएको छ ।
रुपन्देही जिल्लाका १६ वटा स्थानीय तह मध्ये आ.व २०७९÷०८०मा कुल लेखा रकम परिक्षणको १.२२ प्रतिशत मात्र बेरुजु कायम गरि रुपन्देहीमा कञ्चन गाउँपालिका सबै भन्दा कम बेरुजु ल्याउन सफल भएको हो ।आ.व २०७९÷०८०को कुल बजेट मध्ये चालु तर्फ ८१.२२ प्रतिशत,पुँजीगत तर्फ ७९.७६ प्रतिशत र कुल खर्च ८०.६८ प्रतिशत भएको छ ।साथै,कञ्चन गाउँपालिकाले विगत आ.व २०७४÷०७५ देखि आ.व २०७८÷०७९ सम्मको बेरुजु रकम मध्ये करिब रु.५करोड रकम समपरिक्षक गर्न सफल भएको कञ्चन गाउँपालिकाका लेखा अधिकृत सन्तोष गैरेले जानकारी दिए ।
महालेखा परिक्षक कार्यालयको ६१औँ वार्षिक प्रतिवेदन २०८१ अनुसार पालिकाले सन्तोषजनक कार्य सम्पादन गरेको कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले बताएका छन् ।कानुनको परिधिमा रहि कार्य सम्पादन गर्दा रुपन्देहीमा पहिलो बेरुजु कम गर्ने पालिका बनेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गौतमले योजनाका काम साउन देखि नै सुरु गरिएको उल्लेख गरे ।विगतका वर्षमा कानुनै नबन्दा काम गर्न असहज भएकाले बेरुजु बढेको र आफुहरुले पदभार समाले संगै कानुन निर्माण गरि कानुनलाई टेकेर काम गर्दा शतप्रतिशत काम उत्कृष्ट बन्न गएको गौतमको दाबी रहेको छ जनप्रतिनिधि तथा कर्मचारीहरुले नेतृत्व गरिरहेका छन पालिका अध्यक्ष नवराज ढकाल उपाध्यक्ष मौसमी थापा हरि नारायण चौधरी टेक बहादुर गुरुङ्ग टिका राम सापकोटा , केशर बहादुर खत्री ,कुल प्रसाद पौडेल, गंगा घिमिरे , लक्ष्मी शर्मा, वृष बहादुर पुलामी, चक्रपाणी पौडेल ,चोलाकान्त पाण्डेय, उहाँ हरुले पालिकालाई उच्च स्थानमा ल्याउन महत्त्वपूर्ण योगदान दिएको स्थानीय को भनाइ रहेको छ कन्चन गाउँपालिकाले समयमा काम नगर्ने ठेकेदार लाई जरिवाना घुम्ती कार्यक्रम बाट योजना सम्झौता सम्पूर्ण वडामा उपभोक्ता समितिलाई तालिम दिएको थियोे प्रमुख प्रशासकीय सागर गौतम आएपछी एक लाख सम्म सम्झौता वडा कार्यलयमै गर्न सकिने र योजना माघ भित्र सम्झौता गर्न समय तोकिएको थियोे पालिका अध्यक्ष नवराज ढकालले यो अबस्थामा पालिकालाई ल्याउन महत्त्वपूर्ण योगदान गर्ने सम्पूर्ण लाई धन्यवाद दिनु भएको थियोे

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर