spot_img

सैनामैनाका युवा हरेक क्षेत्रमा अगाडि

सैनामैना का युवा हरुको जोसिलो आँट, केही नयाँ अनि फरक तरिकाले sb production गठन कार्यक्रम सम्पन्न

शनिबार, विजय सुनार
रूपन्देही जिल्लाको सैनामैना नगरपालिकामा अबका आउँदा युवाहरूलाई केही नयाँ अनि विशेष ढङ्गले विभिन्न सामाजिक कार्य विविध सांस्कृतिक कार्यक्रम र अन्य कार्यक्रम गर्ने योजना राखी एसबी प्रोडक्सनको गठन गरिएको बताइएको छ। आँटियो भने जे पनि सकिन्छ र हामी युवाले पनि गर्न सकिन्छ भन्ने आँट सहित युवा हरूले आज गठन गरेको बताइएको छ । समाजसेवी व्यक्तित्व पवन ज्ञवालीको अध्यक्षतामा आज एसवि प्रोडक्सनको गठन कार्यक्रम गरिएको थियो। विगतका समयमा विभिन्न ठूला ठूला कार्यक्रम गर्ने क्रममा अरुको संस्था लिई कार्यक्रम गर्नुपर्ने समस्या आइपरेको खण्डमा अबका दिनमा आफ्नै संस्थाबाट विभिन्न कार्यक्रम गर्ने जस्तै सामाजिक कार्य, विविध सांस्कृतिक कार्यक्रम र आफ्नो स्थानभित्र रहेका कलागलालाई प्रस्तुत गर्ने ठाउँ दिने बताइएको छ। यसै एसबि प्रोडक्सनका अध्यक्ष सुमित भट्टराई बताउनुहुन्छ केही गर्न चाहने युवाहरू सैनामैना भित्र रहेका क्रियाशील व्यक्तिहरूलाई हाम्रो यस एसबि प्रोडक्सनमा आउने दिनहरूमा पनि स्वागत गरिनेछ अर्थात् स्थान दिइनेछ। कार्यक्रममा एसवि प्रोडक्सनका उपाध्यक्ष विजय सुनारले विगतका समयमा पत्रकार सामाजिक कार्य विभिन्न कार्य गर्ने क्रममा अबका आउँदा दिनमा एसवि प्रोडक्सनबाट विभिन्न कार्यक्रम गरिनेछ। र आफ्ना गाउँ ठाउँमा भएका कलागला खोजी गरिने र खोजी गरी उक्त कलाको सही सदुपयोग को लागि गन्तव्य देखाउने बताउनुभएको छ। आजको यस गठन कार्यक्रममा एसबि प्रोडक्सन मा विविध छलफल अनुसार सुमित भट्टराईलाई अध्यक्ष बनाइएको छ भने विजय सुनारलाई उपाध्यक्ष बनाइएको छ। र सल्लाहकारमा पवन ज्ञवाली हुनुहुन्छ भने प्रेस सल्लाहकारमा विजय घिमिरेलाई चुनित गरिएको बताइएको छ। र सदस्य पदमा प्रियंका भुसाल, विष्णु अर्याल ,उज्ज्वल पौडेल र टिना न्यौपाने लाई चुनिएको छ भने विष्णु पौडेलको कार्यक्रम सञ्चालनबाट कार्यक्रम सम्पन्न गरिएको थियो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर