रुपन्देहीको बेलबासमा एम्बुलेन्सको ठक्कर बाट एक को मृत्यु २ जना घाइते
रुपन्देहीको बुटवल उपमहानगरपालिका बेलबासमा एम्बुलेन्सको ठक्करबाट एक एक बिहानै एक महिलाको ज्यान गएको छ प्रहरीको भनाइ रहेको छ । ठक्करबाट २ जना बढी चोट लागेको बताईएको छ ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने कमला नेपाली छन्। भने बुटवल ११ कै ५५ बर्षिय हरिकला नेपाली र ३५ बर्षिय झुपा ठडराई घाईते छन्।
शनिबार राती अर्घाखांचीबाट बिरामी लिएर बुटवल तर्फ आउदै गरेको जिल्ला अस्पताल अर्घाखांचीको लु १ ज ५३१ नम्वरको एम्वुलेन्सले बुटवल उपमहानगरपालिका वडा नं १३ झोलुंगेपुल नजिकै उनीहरुलाई ३ जनालाई ठक्कर दिएको थियो।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बिहान करिव ५ बजे बाटोमा हिडिरहेका उनीहरुलाई एम्वुलेन्सले ठक्कर दिएपछि स्थानीय ले प्रहरी लाई खवर गरेका थिए ।
घाईतेहरुको स्थानीयले उद्धार गरी लुम्विनी प्रादेशिक अस्पताल पुराका थिए एक जनाको बिहान ५ः बजेर ३० मिनेट जादा मृत्यु भएको अस्पताललाई उदृत गर्दै प्रहरीले बताएको छ।
दुर्घटनाका घाईतेहरुको लुम्विनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ। भने दुर्घटनामा सम्लग्न एम्वुलेन्स र चालक अर्घाखांचीको पाणीनी गाउपालिका ७ का नारायण बहादुर गव्तार मगर प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ। घटना के कति कारण भएको भने प्रहरीले अनुसन्धान मा रहेको बताएकोछ ।