spot_img

कान्ति लोकपथमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगनस्थित कान्ति लोकमार्गमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा कारमा सवार रौतहट मौलापुर नगरपालिका-६ का १७ वर्षका विवेक शाह र मकवानपुरको बकैया गाउँपालिका-१२ का ६५ वर्षका प्रेमबहादुर ब्लोनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनीहरुको टाउको र शरीरका विभिन्न ठाउँमा चोट लागेको थियो । कारका चालक बाराको निजगढ नगरपालिका-६ का ३० वर्षका सन्दीप शाहको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर