श्री कोटियादेवी माध्यामिक विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न
रुपन्देहीका सामाजिक अभियान्ताहरुले शुक्रबार विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेका छन । आफ्नो नास्ता खर्च र फजुल खर्च कटाएर गरिब तथा बिपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण सुरु गरेका हुन । अभियान्ताहरुले शुक्रबार रूपन्देहीको सैनामैना नगरपालिका ११ को ताली मा स्थित श्री कोटियादेवी माध्यामिक विद्यालयमा ६० जना गरिब तथा बिपन्न बर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन । सामाजिक अभियान्ताहरु डोलराज भण्डारीको नेतृत्वमा नेत्र लामिक्षाने , आनन्द गिरी , महेश अधिकारी ,दीपक आचार्य, विजय सुनार ,अर्जुन कार्की को टोलीले शुक्रबार विद्यालयमा पुगेर विद्यार्थीहरुलाई कापि, कलम वितरण गर्नु भएको हो । सामाजिक अभियान्ता डोलराज भण्डारीले नास्ता खर्च र फजुल खर्च कटौती गरेर विद्यार्थीलाई कापि कलम वितरणको अभियान सुरु गरिएको बताउनुभयो । जेहेन्दार तथा गरिब बिपन्न परिवारका विद्यार्थीलाई पढ्नको लागि सहयोग गर्ने उद्देश्यले अभियानको सुरुवात गरिएको उहाँको भनाई छ । र विगत लामो समय देखि सामजिक कार्य गर्ने क्रम मा वैदेशिक रोजागारी को सिलसिला मा गई समस्या मा परेका महिला को उद्धार, गरीब तथा विपन्न परिवार लाई सहयोग गरेको उहाँले बताउनु भयो । रुपन्देही जिल्लामा रहेका १४२ जना अभियान्ताहरुले शिक्षा क्षेत्रको सुधारको लागि शैक्षिक सामाग्री र विद्यालय पोशाक वितरणको लागि अभियान सञ्चालन गरिएको डोलराज भण्डारीले बताउनुभयो ।
सैनामैना ११ का वार्ड अध्यक्ष राम प्रसाद भुषाल ले नास्ता खर्च कटौती गरेर विद्यार्थीलाई कापी कलम वितरण गरेर अभियान्ताहरूले उदाहरणीय काम गरेको र समाज मा जनचेतना दिएको बताउनुभयो । यस सैनामैना नगरपालिका वार्ड नं ११ को ताली मा स्थित श्री कोटियादेवी माध्यामिक विद्यालयमा विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने गरेको बताउँदै उहाँले थप आवस्यकता पुरा गर्ने र विद्यालय मा थप सुधार ल्याउने बताउनुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुणाखर घिमिरे ले गरिब तथा बिपन्न बर्गका बालबालिका श्री कोटियादेवी माध्यामिक विद्यालयमा पढ्न आउँने गरेको र शैक्षिक सामाग्रीको अभावले पठनपाठनमा प्रभावित नहोस भन्दै अभियान्ताहरुको सहयोग आएको बताउनुभयो । विद्यालयमा आन्तरिक स्रोत नभयको , दरबन्दी अनुसार शिक्षक नभयको बताउँदै उहाँले थप सुधार गर्नको लागि आग्रह र अन्य सहयोग गर्नक लागि आग्रह गर्नुभयको थियो ।
बाइट
सैनामैना मा विगत लामो समय देखि सामजिक कार्य गर्दै आइरहनु भयका महेश अधिकारी ले फजुल खर्च कटौती गरी अन्य विद्यालय मा शैक्षिक सामाग्री वितरण गर्ने क्रम मा रूपन्देहीको सैनामैना नगरपालिका ११ को ताली मा स्थित श्री कोटियादेवी माध्यामिक विद्यालयमा रहेका गरिब तथा बिपन्न बर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको बताउनु भयो ।
….बाइट..
विद्यालयका प्रधानध्यापक रमेश भुषाल ले २०४६ सालमा स्थापना भएको विद्यालयमा अहिले बालकक्षादेखि १० कक्षासम्म ४५० जना जति विद्यार्थी रहेको बताउनुभयो । गरिबीको कारणले भर्ना हुनबाट बञ्चित रहेका बालबालिकालाई पनि विद्यालय भर्नाको सहयोग गरिने डोलराज भण्डारी ले बताउनुभयो । विद्यालयका शिक्षक पुनाराम घिमिरे को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।