spot_img

संन्ध्या आरती अवधिमा गरे १५ हजार बढीले गरे कामाख्या माताको दर्शन

संन्ध्या आरती अवधिमा गरे १५ हजार बढीले गरे कामाख्या माताको दर्शन

दिनेश घिमिरे बुटवल – वैशाख

चैत्र शुक्ल प्रतिपदा (चैत्र २७ गते देखि रामनवमी सम्म (वैशाख ५ गते) पाल्पा जिल्ला तिनाउ गाउँपालिका वडा नं.-३ बशन्तपुरमा अवस्थित माता कामाख्या मन्दिरमा केबलकार मार्फत १५ हजार भन्दा बढी भत्तजनहरुले माता कामाख्याको दर्शन गरेका छन् । यसै समयमा नयाँ वर्ष रहेकोले माता कामाख्याको दर्शनमा जाने दर्शनार्थीहरुको संख्यामा उल्लेख्य वृद्धि भएको लुम्बिनी केबलकार लिमिटेडका अपरेशन म्यानेजर दिल्ली नारायण कायस्थले हाम्रो लुम्बिनी खबर लाई बताउनु भयो ।

कामाख्या मन्दिर परिषरमा चैत्र शुक्ल प्रतिपदा देखि रामनवमी सम्म महाआरतीको

आयोजना गरिएको थियो । उक्त महाआरतीमा भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।

सन्ध्या आरतीमा लुम्बिनी प्रदेशका उच्च पदस्थ कर्मचारीहरु, राजनीतिज्ञहरु, विभिन्न क्षेत्रका जनप्रतिनिधिहरु, उद्योगी व्यवशायी, समाजसेवी र धार्मिक व्यक्ति, व्यक्तित्व एवं समुदायको उल्लेख्य सहभागिता रहेको लुम्बिनी केवलकार लिमिटेडले जनाएको छ ।

यो समय नयाँ वर्ष हुनुका साथै नयाँ पर्यटकीय गनतव्यको रुपमा लुम्बिनी केबलकार स्थापित भएकोले धार्मिक एवं शाहसिक यात्राको रुपमा लुम्बिनी केबलकारको यात्रामा उल्लेख्य वृद्धि भएको अपरेशन म्यानेजर कायस्थले बताउनु भयो । माता कामाख्याको दर्शनको लागि नेपाल र भारतको उत्तर प्रदेश राज्यका विभिन्न जिल्लाहरुबाट भारतीय पर्यटकहरु उल्लेख्य रुपमा आउने गरेको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।

नयाँ वर्षको अवशर पारेर लुम्बिनी केबलकारको यात्रामा लुम्बिनी प्रदेशका सभामुख तुल बहादुर धर्त्ति मगरले यात्रा गर्नु भएको थियो। यात्राको क्रममा यो अवलोकान यात्रा दोस्रो पटकको भएको र आफु यसै क्षेत्रको जनप्रतिनिधि हुनुका साथै आफ्‌नै निर्वाचन क्षेत्रमा केबलकार संचालनले पर्यटन प्रर्वद्धनको क्षेत्रमा उल्लेख्य भूमिका खेलिरहेको बताउनु भयो । लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको गौरवको रुपमा रहेको र पर्यटन प्रर्वद्धनका साथै पाल्पा जिल्लाको दक्षीणी भेगका जनताहरुलाई रोजगारी सिर्जना गर्नमा उल्लेख्य भूमिका खेलिरहेको बताउनु भयो ।

लुम्बिनी केबलकारको बुटवल उपमहानगरपालिका वडा नं.-३ बटम स्टेशन र पाल्पा जिल्ला तिनाउ गाउँपालिका वडा नं.-३ बशन्तपुर डाडामा टप स्टेशन रहेको छ। बुटवल बाट १२ मिनेटको केबलकारको यात्रा बाट बशन्तपुरमा पुग्न सकिन्छ । केबलकारको माथिल्लो स्टेशनमा नेपालकै एक मात्र शक्तिपिठ कामाख्या माताको मन्दिर रहेको छ ।

केबलकारको यात्रा बाट बुटवल सहर, सिद्धबाबा धाम, तराई, पहाड एवं हरियाली वन जंगल, अन्नपूर्ण हिम श्रृखला देखि गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल, छिमेकी देश भारतको गोरखपुर सम्मको दृश्यालोकन गर्न सकिन्छ । लुम्बिनी केबलकारको यात्रा सगै एकै पटकमा तराई, पडाह र हिमालको अनुभूति गर्न सकिन्छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर