spot_img

सैनामैना सिद्धार्थ मेमोरियल एकेडेमीको नतिजा प्रकाशन

सिद्धार्थ मेमोरियल एकेडेमीको नतिजा प्रकाशन

२७ चैत्र २०८० , सैनामैना

सैनामैना नगरपालिका वडा नम्बर ८ मा रहेको सिद्धार्थ मेमोरियल एकेडेमीले आज एक कार्यक्रमका विच आफ्ना विद्यार्थीहरूको कक्षा नर्सरीदेखि नौ कक्षा सम्मको नतिजा प्रकाशन गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश संसद चिन्तामाणि पाण्डेले यस विद्यालयले यस क्षेत्रमा गरेको प्रगतिसँगै यस ठाउँको विकास र यस क्षेत्रका अभिभावकहरूलाई पनि उत्कृष्ट विद्यालय छनोट गर्न सहज भएको कुरा व्यक्त गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले निजी विद्यालयको लगानीले हाम्रो नगरसँगै देशको शिक्षामा पनि ठूलो योगदान पुर्‍याएको हुँदा अझै व्यवहारिक शिक्षा र संस्कारी शिक्षा अबको दिनमा आवश्यक रहेको र प्राविधिक शिक्षामा पनि जोडेर अगाडि बढ्नुपर्ने कुरा व्यक्त गर्नुभयो।

अथिति प्यापसन रुपन्देही अध्यक्ष अनन्तराम शर्माले सरकारले पछिल्लो चरणमा गरेको निर्णयका कारणले छात्रवृद्धि कोटामा सामुदायिक विद्यालय सरह निजी विद्यालयको पनि सहभागिता रहने निर्णयले निजी विद्यालयहरूलाई अझै सशक्त भएर देशको शिक्षामा लगानी गर्नका लागि सहज वातावरण भएको कुरा व्यक्त गर्नुभयो।शहिद नारायण पोख्रेल रामापुर क्याम्पसका अध्यक्ष एवम विधालयका सेयर सदस्य साथै अभिभावक समेत रहनुभएका यदुलाल पन्थले सम्पूर्ण अभिभावकहरूको तर्फबाट विद्यालयको प्रगति उन्नतिसँगै शैक्षिक उन्नयनको लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

नतिजा प्रकाशन कार्यक्रममा बधाई एवं शैक्षिक सफलताको शुभकामना दिँदै विद्यालयका प्राचार्य भोजराज पौडेलले पूर्णरूपमा संस्कारी शिक्षा र व्यवहारिक ज्ञान आजको आवश्यकता रहेको बताउँदै कक्षामा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीहरूलाई सिल्ड मेडलसँगै विद्यालयमा दैनिक उपस्थिति हुने विद्यार्थी र अनुशासित विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो। चाँडै नै विद्यालयले व्यावहारिक शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढ्ने कुरा समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिकाहरूले स्वागत गीत मार्फत स्वागत गर्नुभएको थियो भने विद्यालयका उदाउँदा प्रतिभाहरूले नाचगानसँगै विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा विद्यालयका सह-प्राचार्य ओम नेपालको स्वागत एवं विद्यालयका शिक्षक विष्णु अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार जीवनाथ पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर