spot_img

सैनामैना रेडक्रस दुधराक्ष उपशाखाद्वारा भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको  शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

सैनामैना रेडक्रस दुधराक्ष उपशाखाद्वारा भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको  शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न
रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको रेडक्रस सोसाइटी दुधराक्ष उपशाखाले आइतवार एक कार्यक्रमको आयोजना गरि नव वर्ष २०८१ को भित्तेपात्रो विमोचन तथा शुभकामना कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले भौतिक विकास सङ्गसङ्गै मानविय सामाजिक सेवाको भावनाको विकासको पनि वर्तमान समयमा आवश्यकता रहेको बतागनुभयो । संस्थाले गरेका सकारात्मक कामको प्रशंशा गर्दै केहि सुझावहरु पनि मेयर शर्माले दिनुभएको थियो ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि रेडक्रस लुम्बिनी प्रदेश सभापति कृष्णप्रसाद पङ्गेनीले सैनामैनामा रेडक्रसले धेरै राम्रा कार्यहरु गर्दै आइरहेको बताउनु भयो । कार्यक्रममा सैनामैना नगरपालिका वडा नं ८ का अध्यक्ष बुद्धिराम चौधरी , रेडक्रसका सल्लाहकार तथा सहिद नारायण पोखरेल रामापुर क्याम्पसका अध्यक्ष यदुलाल पन्थ , रेडक्रस पर्रोहा उपशाखा सभापति मिना भण्डारी , सहिद नारायण पोखरेल रामापुर क्याम्पसका प्राध्यापक प्रेम पौडेल लगायतले रेडक्रसको उज्ज्वल भविस्य को कामना गर्दै रेडक्रसले समाजमा राम्रो काम गरेकोमा धन्यवाद दिदै नयाँ वर्ष २०८१ को दिदै आ आफ्नो  शुभकामना मन्तव्य राख्नु भएको थियो ।

भित्ते पात्रो  प्रकाशन कार्य  रेडक्रसका उप सचिव दिनेश घिमिरेको संयोजकत्वमा टिकाराम पौडेल र किरण गौतम सदस्य रहनु भएको थियोे । कार्यक्रम रेडक्रस दुधराक्ष उपशाखा सभापति बिष्णु अर्यालको सभापतित्व, सैनामैना नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता , रेडक्रस लुम्बिनी प्रदेश सभापति कृष्णप्रसाद पइ्गेनीको विशिष्ट आतिथ्यता , विभिन्न सङ्घ सस्थका प्रतिनिधि , सोसाइटीका समिति एवम् सल्लाहकार , विद्यार्थी, शिक्षक , लगायत १ सय ७६ जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम सोसाइटीका सह–सचिव दिनेश घिमिरेको स्वागत एवम् सचिव धनश्याम पाण्डेको सञ्चालनमा सहिद नारायण पोख्रेल रामापुर क्याम्पसमा सम्पन्न भएको हो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर