spot_img

लुम्बिनी केबलकार र कबिर अटो मोवाइल्स बीच पर्यटन प्रवर्द्धन समझदारी

लुम्बिनी केबलकार र कबिर अटो मोवाइल्स बीच पर्यटन प्रवर्द्धन समझदारी

बुटवल चैत्र २४

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना मध्येको एक लुम्बिनी केबलकार लिमिटेड र लुम्बिनी प्रदेशभर शाखा रहेको लिभ गार्ड इन्भर्टर व्याट्रीको आधिकारिक बिक्रेता कबिर अटो मोवाईल्स बीच पर्यटन प्रवर्द्धन सम्बन्धि समझदारी भएको छ ।

लुम्बिनी केबलकार लिमिटेडका अपरेशन म्यानेजर दिल्ली नारायण कायस्थ र कबिर अटो मोवाइल्सका मेनेजिङ्ग डाइरेक्टर सरदार भोला सिह विचमा पर्यटन पवर्द्धन सम्बन्धी समझदारी भएको हो ।

समझदारी बमोजिम कबिर अटो मोवाइल्सले लुम्बिनी प्रदेशभर रहेका शाखा एवं चितवन नारायणघाट शाखा बाट लिभ गार्ड इन्र्भटर र व्याट्रीको खरिदमा प्रत्येक ग्राहकलाई लुम्बिनी केबलकारको कम्बो टिकट उपलब्ध हुनेछ ।

उक्त केबलकारको कम्बो टिकट बाट यही बैशाख १ गतेदेखि असार ३१ गते सम्म केबलकारको यात्रा गर्न सकिनेछ। कम्बो टिकटमा केबलकारको यात्राका साथै स्न्याक्स र कोल्ड ड्रिकको समेत व्यवस्था रहेको छ । उक्त सेवा केबलकारको टप स्टेशन बशन्तपुरमा रहेको रेष्टुरेन्ट बाट प्राप्त गर्न सकिने लुम्बिनी केबलकारले जनाएको छ ।

कार्यक्रममा बोल्दै लुम्बिनी केबलकार लिमिटेडका अपरेशन म्यानेजर दिल्ली नारायण कायस्थले पर्यटन प्रवर्द्धन र विकाशका लागि लुम्बिनी केबलकार लिमिटेड हरेक व्यवशायिक संघ संस्था संग गरेर अगाडि बढिरहेको बताउनु भयो । नेपाल भित्र अहिले पनि तेस्रो मुलुकका पर्यटकहरुलाई मात्र पर्यटकको रुपमा हेरिने दृष्टिकोणमा सुधार गरिनु पर्ने साथै नेपाल तथा भारतका पर्यटकहरु लाई पनि तेस्रो देशका पर्यटकहरु लाई हेर्ने वातारवरणको विकाश भएको अवस्था मात्र पर्यटन प्रवर्द्धनको विकाशमा उल्लेख्य उपलब्धि हासिल हुने बताउनु भयो ।

उक्त कार्यक्रममा बोल्दै कबिर अटो मोवाइल्सका म्यानेजिङ्ग डाइरेक्टर सरदार भोला सिहले लुम्बिनी केबलकार यस क्षेत्रको मात्र नभई देशको पर्यटन प्रवर्द्धनको लागि मेरुदण्डको रुपमा रहेकोले लुम्बिनी केबलकार संग व्यवशायिक सहकार्य गरेको

बताउनु भयो । लिभ गार्ड इन्र्भटर व्याट्रीको खरिदमा ग्राहकलाई प्रदान गरिने कम्बो टिकटमा कुनै पनि किसिमको थप चार्ज नलिएको बताउनु भयो । कबिर अटो मोवाइल्सले हरेक नयाँ वर्षमा नयाँ वर्षको अफर ग्राहकलाई दिने गरेकोमा यस पटक लुम्बिनी केबलकारको कम्बो टिकट समावेश गरिएको बताउनु भयो ।

लुम्बिनी केबलकार लिमिटेडको लुम्बिनी प्रदेशको बुटवलमा बटम स्टेशन र पाल्पा तिनाउ गाउँपालिका वडा नं.-३ वशन्तपुर डाडामा टप स्टेशन रहेको छ । बुटवल बाट १२ मिनेटको केबलकारको यात्रा बाट बशन्तपुरमा पुग्न सकिन्छ भने केबलकारको माथिल्लो स्टेशनमा नेपालमा एक मात्र शक्तिपिठ कामाख्या माताको मन्दिर रहेको छ ।

केबलकारको यात्रा बाट बुटवल सहर, सिद्धबाबा धाम, तराई, पहाड एवं हरियाली वन जंगल एवं अन्नपूर्ण हिम श्रृखला देखि नेपालको गौतमस्थल विमानस्थल देखि भारतको गोरखपुर सम्मको दृश्यालोकन गर्न सकिन्छ । लुम्बिनी केबलकारको यात्रा बाट एकै साथ तराई, पडाह र हिमालको अनुभूति गर्न सकिन्छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर