spot_img

बुटवलमा छुरा प्रहारबाट एकजना गम्भीर घाइते, २ जना पक्राउ

दिनेश घिमिरे बुटवल
बुटवलको तिनकुनेमा छुरा प्रहारबाट एकजना गम्भीर घाइते, २ जना पक्राउ
बुटवलको तिनकुनेमा चक्कु प्रहारबाट एकजना युवा गम्भीर घाइते भएका छन् । स्थानीय युवाहरुबीच भएको झगडामा चक्कु प्रहारबाट बुटवल उपमहानगर ३ का सागर थापा गम्भीर घाइते भएका छन् । उनको दायाँ कोखामा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना लगत्तै थापालाई उद्दार गरि लुम्बिनी प्रादेशीक अस्पताल पुर्‍याइएको छ । चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगर ३ का सुजन गलामी र युवराज पुन रहेका छन् ।पक्राउ परेका दुईजनामाथि अनुसनधान सुरु गरिएको र घटनाको कारण बारे उनीहरुको बयानपछि मात्र थाहा हुने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डीतले बताए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर