spot_img

रुपन्देहीमा होली खेल्दा एकजनाको ज्यान गयो

रुपन्देहीमा होली खेल्दा एकजनाको ज्यान गयो ३१७ सवारी साधन प्रहरी नियन्त्रणमा
बुटवल, चैत्र १२ / रुपन्देही प्रहरीले होली मनाउने क्रममा सवारी नियम उल्लंघन गरी चलाइएका ३१७ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।

तराई क्षेत्रमा सोमबार होली पर्व मनाउने क्रममा हेलमेट नलगाएका, कागतपत्र नबोकेका र दुईजना भन्दा बढी सवार गर्ने ३११ वटा मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले जिल्लाका विभिन्न स्थानमा गरेको चेकजाँचको क्रममा सवारी नियम उलंघन गर्ने मोटरसाइकलसँगै तिनवटा टेम्पो, दुईवटा कार र एउटा ट्रकलाई समेत नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रन्जित सिंह राठोरले होली पर्वलाई सभ्य, भव्य, सुरक्षित, मर्यादित र शान्तपूर्ण रुपमा मनाउन सक्ने वातावरण निर्माणका लागि जिल्ला मातहतका प्रहरी ईकाईहरुबाट १२८ स्थानमा चेकजाँचमा खटिएको जानकारी दिए।त्यस्तै नियम उल्लंघन गरी सवारीसाधन चलाउने १३ जना व्यक्तिलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक राठोरले बताए। सोमबार रुपन्देहीमा ४ वटा सवारीसाधन दुर्घटनामा परेकोमा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा लु २० प ७६४१ नम्बरको मोटरसाइकल चालक सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ भैरहवा गाउँका ३९ बर्षीय प्रविन कडेल रहेका छन्।भैरहवाको डाडागाउबाट अञ्चलपुर तर्फ जादै गरेका कडेल सवार मोटरसाइकल अनियन्त्रीत भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा परि गम्भीर घाईते भएका कडेलको उपचारको क्रममा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेस भैरहवामा मृयु भएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर