spot_img

अर्घाखाँचीको सन्धिखर्कमा ट्याक्टर दुर्घटना: एक जना बालकको घटनास्थलमै मृ`त्यु

अर्घाखाँचीको सन्धिखर्कमा ट्याक्टर दुर्घटना: एक जना बालकको घटनास्थलमै मृ`त्यु
अर्घाखाँचीमा ट्याक्टर दुर्घ`टना हुँदा १४ बर्षिय बालकको मृत्यु भएको छ । मृ`त्यु हुनेमा ट्याक्टरमा सवार गर्दै गरेका सन्धिखर्क नगरपालिका वडा नम्बर ९ राजुपानीका १४ वर्षिय सन्दिप वि.क. रहेको जि.प्र.का. अर्घाखाँचीले जनाकारी दिएको छ ।

सन्धिखर्क नगरपालिका वडा नम्बर १० धरम्पानीमा रहेको आदर्श आधारभूत विद्यालयको ओरालो घुम्तीमा ट्याक्टरको ट्राली फुत्कीए पछी लु.३.त. ६४८ नम्बरको सल्लाको मुढा बोकेको ट्याक्टर दुर्घटना भएको हो । बालकको घटना स्थलमा मृ`त्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक दिप्रेन्द्र रावलले जानकारी दिएका हुन । सल्लाका मुढाले च्यापिएर उनको घट्ना स्थलमै मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाकारी दिएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर