spot_img

सैनामैना व्यापार महोत्सव–२०८२ भित्र विभिन्न सांस्कृतिक तथा शैक्षिक प्रतियोगिता आयोजना हुने

सैनामैना व्यापार महोत्सव–२०८२ भित्र विभिन्न सांस्कृतिक तथा शैक्षिक प्रतियोगिता आयोजना हुने

सातौँ सैनामैना व्यापार महोत्सव–२०८२ को अवसरमा नगरस्तरीय तथा विद्यालयस्तरीय विविध सांस्कृतिक, शैक्षिक र सिर्जनात्मक प्रतियोगिताहरू सञ्चालन हुने भएका छन्। “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मूल नारासहित आयोजना हुने महोत्सवलाई थप आकर्षक बनाउने उद्देश्यले यी अतिरिक्त कार्यक्रमहरू समावेश गरिएको आयोजकले जनाएको छ।

महोत्सव अन्तर्गत सातौँ सैनामैना डान्सिङ आइडल, नगरस्तरीय भजन प्रतियोगिता, विद्यालयस्तरीय समूहगत लोक नृत्य प्रतियोगिता, विद्यालयस्तरीय विज्ञान प्रदर्शनी तथा महिला–पुरुष जोडी नृत्य प्रतियोगिता सञ्चालन गरिनेछ।

विद्यालयस्तरीय समूहगत लोक नृत्य प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

महिला–पुरुष जोडी नृत्य प्रतियोगितामा प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार रुपैयाँ पुरस्कार तोकिएको छ।

त्यस्तै, सातौँ सैनामैना डान्सिङ आइडलमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

विद्यालयस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा प्रथमलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ५ हजार रुपैयाँ पुरस्कार व्यवस्था गरिएको छ भने
नगरस्तरीय भजन प्रतियोगितामा प्रथमलाई २० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

सैनामैना व्यापार संघको आयोजनामा हुने महोत्सवमा पर्यटन, ग्रामीण तथा सहकारी विकास मन्त्रालय लुम्बिनी प्रदेश र सैनामैना नगरपालिका प्रवर्द्धकका रूपमा रहेका छन्। प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक प्रेम थापासँग सम्पर्क गर्न सकिने जनाइएको छ।
सैनामैना व्यापार सङ्घका अध्यक्ष सुरेन्द्र पौडेलका अनुसार यस्ता प्रतियोगिताले स्थानीय प्रतिभाको पहिचान, विद्यार्थीहरूको सिर्जनशीलता विकास तथा सांस्कृतिक संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको बताउनुहुन्छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर