रुपन्देहीको कन्चन १ साना किसान कृषि सहकारी संस्था को १५ वार्षिक साधारणसभा तथा ५ औं अधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघ नेपालका सन्चालक जिल्ला सहकारी संघ रुपन्देहीका उपाध्यक्ष जिल्ला कृषि सहकारी रुपन्देहीका अध्यक्ष टीका न्यौपानेले सहकारी भनेको समन्वय सहकार्य गरि काम गर्ने सहकारीले उत्पादन शिल कुरामा ऋण लगानी लागान सुझाव दिदै सहकारीका सेयर सदस्य को हक हितको लागि आफुले प्रदेश हुँदै केन्द्र सम्म आवाज उथाएको बताउदै साना किसान कृषि सहकारी वास्तविक किसान को सहकारी भएको हुदा बचत गर्न र ऋण लगेर उत्पदन सिल कुरामा काम गर्न अनुरोध गर्नु भयो।
कार्यक्रममा अध्यक्षत्ता साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष ओम प्रकाश शर्माले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ४ वर्ष को कार्यकालमा आफ्नो नेतृत्व सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण लाई धन्यवाद दिनु भयो।
अधिवेशनले सीता कुमारी क्षेत्री खत्री को अध्यक्षत्तामा नयाँ कार्यसमिति समेत चयन गरेको छ
यस्तै कार्यक्रममा सञ्चारक्रमी दिनेश घिमिरे सल्लाहकार शिव पौडेल संस्थापक अध्यक्ष कोपिला घिमिरे सेयर सदस्य तर्फबाट बिमला ज्ञवाली गोपिनाथ उपाध्याय साना किसान सहकारीले किसान को इच्छा अनुसार काम गरेको बताउदै साना किसान कृषि सहकारी संस्था कन्चन १ को प्रगति को लागि शुभकामना दिनु भयो। कार्यक्रम जिल्ला कृषि सहकारी का संस्थापक अध्यक्ष परशुराम सापकोटा जिल्ला कृषि सहकारी संस्थाकि सन्चालक सरस्वती पाठक साना किसान कृषि सहकारी संस्था सालझन्डिका अध्यक्ष देविराम रेग्मी लगाएत सहकारीका प्रबन्धक तथा अन्य कर्मचारी हरुको उपस्तिथि रहेको थियोे ।
कार्यक्रममा जेष्ठ सेयर सदस्य ब्यक्तिगत बचत बढी गर्ने सेयर रकम बढी जम्मा गर्ने बाल बचत समुह बचत उत्कृष्ट ऋणदाता सेयर सदस्य संस्थामा दैनिक निरन्तर दूध दिने किसान निशुल्क दूध भर्न सहयोग गर्ने तरकारी खेती गर्ने कृषक लाई सम्मान गर्दै उत्कृष्ट कर्मचारी को रुपमा देविराम गौतमलाई सम्मान गरिएको थियोे ।
हाल साना किसान कृषि सहकारी कन्चन १,र २ मा साविक ९ वडा बाट १४सय सेयर सदस्य रहेको बताईएको छ ।
सेयर सदस्य हरुले साना किसान कृषि सहकारी संस्थाले आफुहरुको दूध उत्पादन तरकारी उत्पादन र बिमा लगाएत थुप्रै कुरामा सहयोग गरेको धन्यवाद दिएका थिए।
स्वागत मन्तव्य संस्था को उपाध्यक्ष बसन्ती थारु ले गर्नु भएको कार्यक्रममा सन्चालन प्रबन्धक बसन्ती चौधरीले गर्नु भएको हो ।



