spot_img

रेन्बो एकेडेमी एण्ड एजुकेसनल कन्सल्टेन्सी को आयोजना हरैयामा एसएसडब्लु (SSW) भिसा सम्बन्धी जापान सेमिनार सम्पन्न

हरैयामा एसएसडब्लु (SSW) भिसा सम्बन्धी जापान सेमिनार सम्पन्न

रेन्बो एकेडेमी एण्ड एजुकेसनल कन्सल्टेन्सी प्राइभेट लिमिटेडको आयोजनामा कञ्चन गाउँपालिका ३ हरैया स्थित हरैया बहुमुखी क्यामसमा जापानमा रोजगारी तथा भविष्य निर्माण गर्न इच्छुक युवाहरूका लागि एसएसडब्लु (SSW) भिसा सम्बन्धी विस्तृत सेमिनार सम्पन्न भएको छ। यो कार्यक्रम विशेष गरी युवाहरूलाई वैदेशिक रोजगारी र भविष्य निर्माणका अवसरका बारेमा सचेत र मार्गदर्शन गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो।

यहि पौष २९ गते मंगलबार बिहान ११ बजे सुरु भएको सेमिनारको अध्यक्षता रेन्बो एकेडेमीका प्रबन्धक निर्देशक समिर ढकालले गर्नुभएको थियो भने प्रमुख अतिथि कञ्चन गाउँपालिका ३ का वडा अध्यक्ष टिकाराम सापकोटा हुनुहुन्थ्यो।
वडा अध्यक्ष टिकाराम सापकोटाले जापानमा रोजगारीका अवसरहरू लाभ उठाउन युवाहरूले आवश्यक योग्यता भाषा दक्षता र सीप परीक्षणमा ध्यान दिनु अत्यन्त महत्वपूर्ण रहेको बताउनु भयो । साथै उहाले केही युवाहरू वैदेशिक रोजगारीमा जाँदा पर्याप्त जानकारी नहुँदा कठिनाइ भोग्न बाध्य स्मरण गर्दै यो सेमिनारले युवाहरूलाई सही मार्गदर्शन तयारी र व्यवहारिक जानकारी उपलब्ध गराउनेमा आफु आशाबादी रहेको बताउनु भयो ।
कार्यक्रमको उद्घाटनमा जीवन पौडेल क्षेत्रीले सबै अतिथिहरू, शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई स्वागत गर्दै कार्यक्रमको महत्वका बारेमा प्रकाश पार्नुभयो। साथै उहाँले भन्नुभयो “युवाहरूले वैदेशिक रोजगारीमा जाँदा जानकारीमूलक र सचेत निर्णय लिनु आवश्यक छ। आजको सेमिनारले त्यसमा ठूलो सहयोग पुर्याउनेछ।

सेमिनारमा जापानबाट आएका विशेषज्ञ किनामी सुजुकी (Kinami Suzuki), मिवा तोजावा (Miwa Tojawa) र चिमा इटो (Chima Ito) ले सहभागिहरूलाई जानकारीमूलक प्रस्तुति दिनु भएको थियो । उहाहरुले जापानमा नर्सिङ केयर, फुड सर्भिस र कृषि (क्रप) क्षेत्रमा उपलब्ध रोजगारीका अवसर, आवश्यक योग्यता, भाषा दक्षता, सीप परीक्षण र भिसा प्रक्रिया बारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो। साथै, सुरक्षित र उत्तरदायी वैदेशिक रोजगारीका उपायहरूबारे पनि छलफल गरिएको थियो।

कार्यक्रममा प्रश्नोत्तर सत्र राखिएको थियो जहाँ सहभागीहरूले आफ्नो जिज्ञासा राख्दै रोजगार, भाषा र भिसा प्रक्रियासम्बन्धी स्पष्ट जानकारी पाएका थिए। सहभागीहरूका अनुसार कार्यक्रम व्यवहारिक जानकारीमूलक र उपयोगी भएको छ।

कार्यक्रममा अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। त्यसैगरी आयोजकले अतिथिहरूलाई रेन्बो एकेडेमीको कार्यालय र लुम्बिनी क्षेत्रको अवलोकन गर्ने अवसर पनि प्रदान गरेको थियो। कार्यक्रममा समाजसेवीहरू खगिश्वरा शर्मा, विकाश बिक्रम थापा र राजन शर्माको उपस्थिति रहँदा जापान जान इच्छुक विद्यार्थी, युवायुवतीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा जीवन पौडेल क्षेत्रीका अनुसार यस प्रकारका सेमिनारहरूले युवा वर्गलाई वैदेशिक रोजगारीको लागि तयार पार्न मात्र नभई सही जानकारी र मार्गदर्शन उपलब्ध गराउन पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको थियो । कार्यक्रममा स्वागत तथा सहजीकरण जीवन पौडेल क्षेत्रीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन कानुनी सल्लाहकार राधिका चौधरीले गर्नुभएको थियो।
आयोजक संस्थाका अनुसार, एसएसडब्लु (SSW) भिसा सम्बन्धी सेमिनार काठमाडौं, रुपन्देहीको हरैयामा भईसकेको छ भने धरान, बेलबारी लगायत विभिन्न स्थानमा पनि आयोजना हुने बताएको छ ।
#news #newsfeed Samir Dhakal #NewsUpdate #everyonefollowers #everyone #SSWVisa #japan

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर