spot_img

गैडहवा गाउँपालिका–९ मा बालमैत्री वडा घोषणा सम्पन्न

गैडहवा गाउँपालिका–९ मा बालमैत्री स्थानीय शासन युवा वडा घोषणा कार्यक्रम सम्पन्न

गैडहवा गाउँपालिका–९, मा आज बालमैत्री स्थानीय शासन युवा वडा घोषणा कार्यक्रम सम्पन्न भएको छ। गैडहवा गाउँपालिका–९ का अध्यक्ष मिना क्षेत्रीको अध्यक्षता तथा गाउपालिका अध्यक्ष सुरेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा गाउपालिकाको वडा न ९ लाई आज बालमैत्री स्थानीय शासन युवा वडा घोषणा गरिएको हो ।

कार्यक्रममा हामी सक्छौ साथी सञ्जाल, सुनगाभा सामुदायिक विकास केन्द्र, महेन्द्रनगर माध्यमिक विद्यालय तथा शिव आधारभूत स्वास्थ्य सेवा केन्द्रको समन्वयमा वडालाई बालमैत्री वडा घोषण गरिएको हो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, बिधार्थि ,स्वास्थ्यकर्मी, बाल क्लबका प्रतिनिधि, अभिभावक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले बालमैत्री वातावरण निर्माणका लागि सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको धारणा राखेका थिए। कार्यक्रममा वडा न ९ लाई बालमैत्री स्थानीय शासन युवा वडा घोषणा गर्न सहयोग गर्ने बिभिन्न सघं सस्था तथा ब्यत्ती हरुलाई सम्मान गरिएको थियो । कार्यक्रम हामी सक्छौ साथी सञ्जालका प्रदिप केवट र पुजा सुनारको सन्चालनमा कार्यक्रम सम्पनन भएको हो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर