जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कार्यालयमा आउने सेवाग्राहीको सुविधाको लागि कार्यालय परिसरमै निःशुल्क पिडितहरुको निवेदन लेख्ने ब्यबस्थापन गरेको थियोे अहिले को बिकास संगै प्रविधिको ज्ञान भएका सेवाग्राही लक्षित क्यु. आर. कोड मै बिभिन्न निवेदनका दिन सक्ने नमुनाहरु क्यु आर बाट निवेदन लेख्न सकिने भएको छ ।
घरमै बसेर क्यु .आर बाट जाहेरी दरखास्त, घरेलु हिंसा, ठाडो निवेदन, दुर्घटना निवेदन, मोवाईल चोरी तथा हराएको निवेदन, साईवर अपराध निवेदन, खोजतलास, स्थानिय तह-प्रहरी बिद्यालय सम्पर्क कार्यक्रम पुस्तिका-२०८० लगायतका निवेदनहरु दिन सकिने जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रबक्ता सुरज कार्कीले बताउनु भयो जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्रीहरुलाई सरल र सहजताको लागी सेवाग्राहीले देख्ने गरी यस कार्यालयको मुलगेटमा क्यु आर टाँस गरिएको छ भने जिल्ला प्रहरी कार्यलयलो फेसबुक पेजबाट समेत क्यु आर पोस्ट गरिएको छ यो संगै घरमै निवेदन तयार गरि जिल्ला प्रहरी कार्यलयमा आएर निवेदन दिन सकिने छ ।
जिल्ला प्रहरी कार्यलय रुपन्देहीलाई क्यु.आर बाट निवेदन दिन सकिने
प्रतिक्रिया



