कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नम्बर ४ मा रहेको बुड्डी तालको बिकासमा ठेकेदारले काममा ढिलाई गरेपछि नगरपालिकाले सक्रियता देखाउदै ठेकेदार पक्षसहित सरोकारवालासगं छलफल गरेको छ ।
डिपिआर निमार्ण पछि आर्थिक बर्ष २०७७÷७८ बाट टेण्डर भई २ करोड ८० लाखमा प्रतिष्ठा रमिता जय अम्बे जेविको नाममा सम्झौता भई काम सुरु गरेको थियो ।
हालसम्म पालिकाले ५ पटकसम्म म्याद थप गर्दासम्म पनि ठेकेदार पक्षले काम सम्पन्न नगरेपछि पालिकाले ठेकेदार पक्षसहित सरोकारवालासगं छलफल गरेको हो ।
सो अवसरमा बोल्दै नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले ठेकेदारको कमजोरीका कारण समयमा काम सम्पन्न नगर्दा स्थानियस्तरबाट ब्यापक रुपमा जनगुसानो आएको बताउदै तत्काल काम सम्पन्न गर्न ठेकेदार पक्षका प्रकाश खनाललाई निर्देशन दिएका छन ।
बुड्ढी ताल संरक्षण कार्यक्रम अन्तरगत २०७७÷७८ मा सम्झौता भइ संचालन गरिएको काम ठेकेदारको लापरवाहीका कारण सम्पन्न हुन सकेको छैन् । नगरपालिकाले २०७८ असोज २ गते २ करोड ८० लाखमा काम सक्ने गरी प्रतिष्ठा रमिता जय अम्बेसंग सम्झौता गरेको थियो । सम्झौताको ५ वर्षसम्म पनि काम सम्पन्न हुन सकेको छैन् । विभिन्न बहाना देखाउदै आएको उक्त कम्पनीसंग नगरपालिकाले पाँचौपटक म्याद थप गरेको थियो ।
पाँचौ पटकको समयअवधि पनि यहि असार १५ गते सकिएको छ । सम्झौताको लामो समय सम्मपनि काम नसकिएपछि स्थानीय आक्रोस भएका छन् । साथै तालमा गरिएको कामको पनि भुक्तानी नदिएको भन्दै स्थानीयले काम गर्न दिएका छैनन् । नगर प्रमुख केशव कुमार श्रेष्ठले ठेकेदारको चरम लापरवाहीको कारण सम्रग नगरपालिकाको बदनाम भएको बताउदै विभिन्न बाहाना देखाउदै ठेकेदारले काम नगरेको भन्दै असारमा भुक्तानीको लागि मात्र आउने गरेको बताए ।
साथै तत्काल काम सम्पन्न गर्न निर्देशन दिदै प्रमुख श्रेष्ठले काम सम्पन्न नगरे कम्पनीलाई कालोसुचीमा राखीने बताए । त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराइले ठेकेदारको मनपरिका कारण बिभिन्न समस्या आएको बताउदैँ १ महिनाभित्र काम सम्पन्न नभए ठेक्का सम्झौता रद्ध गरी कम्पनिलाई कालोसुचीमा राख्ने अन्तीम चेतावनी दिएका छन । आफु सरुवा भएर जान तयार रहेको बताउदैँ प्रमुख प्रशासकीय अधिकृत बासुदेव भट्टराइल अव कुनै बहाना नचल्ने समेत बताए ।
त्यस्तै ठेकेदार पक्षले तत्काल काम सक्ने र १ महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएका छन ।
छदफलमा वडा नम्बर ४ का वडा खध्यक्ष सुशिल कुमार चौधरी, वडा नम्बर ५ वडाध्यक्ष रोम बहादुर थापा, समाजसेवि धुर्व न्यौपाने, पवन चौधरी,रवि ठाकुर, नगरका कर्मचारी र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
बुड्डी तालको बिकासमा बुद्धभुमी नगरपालिकाको गेम चेञ्जर प्रोजेक्टका रुपमा लिइएको छ । जसको बिकाले यस क्षेत्रको पर्यटन प्रर्वधनमा ठुलो योगदान पुग्ने बिश्वास गरिएको छ ।



