spot_img

बुटवलमा नयाँ ब्यबस्थापन सहित देउराली दोहोरी रोधी घर सन्चालनमा

रुपन्देहीको बुटवल उपमहानगरपालिका अन्तर्गत बीस क्याम नजिकै देउराली दोहोरी साझ बिगत लामो समय देखि सन्चालनमा रहेको छ ।
अहिले देउराली दोहोरी साँझको महत्त्व पुरानो र दर्शकलाई जस्तो भन्यो उस्तै गित प्रस्तुत गरेर अहिले चर्चमा छ ।
अहिले देउराली दोहोरी रोधि क्लबले नयाँ ब्यबस्थापन सहित अगाडि बढेको व्यवस्थापन खिमन्न्द पाण्डेले जानकारी दिनु भयो ।
आज बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेले उद्घाटन गर्ने तयारी रहेको सन्चालक पाण्डेले बताउनु भयो।
उद्घाटन सत्रमा लोक दोहोरी गायक स्याम राना लगाएत अन्य स्थानीय कलाकार को प्रस्तुति रहनेछ सोमबार अस्मिता डल्ला कोटि को प्रस्तुति राखिएको छ। दोहरीगीत दुई पक्ष बीचको गीतहरूको सवाल जवाफ हो। नेपालका प्रायः सबै ठाउँमा दोहरीगीत गाएको सुन्न पाइन्छ। मेला, पाखा, रोदी, चौतारी, विवाह आदि उत्सवहरूमा युवा-युवतीहरू मादल, बाँसुरी आदि बाजाहरूको तालमा दोहरीगीत गाउने गर्दछन्। दोहरीगीत नेपालीहरूको परम्परा पनि हो। तर आजभोलिको नयाँ जमनामा यो पर्थामा केही कमी आएको देखिन्छ। दोहरीगीत सबै भाषामा र सबै ठाउँका मान्छेहरूले गाउने गर्छन्। दोहरी गीतका गीतहरू तत्काल सिर्जना गरिएर गाउने गरिन्छ। दोहरी गीत युवा युवा बीच, युवती युवती बीच र युवती युवती बीच गाइन्छ।दोहोरी दोहोरो भन्ने शब्दबाट आएको हो। दोहोरो भन्नाले दुई तर्फबाट भन्ने बुझिन्छ। तसर्थ दोहोरी गीतमा दुई तर्फबाट आएका सङ्गीतमा अन्त्यानुप्रास मिलाएर आएका सवाल जवाफ भन्ने बुझिन्छ। विशेष गरेर दोहोरी गीत तत्काल सृजना गरिन्छ कुनै एउटा भाकामा आधारित रहेर। तथापि पछिल्लो पटक दोहोरी रेकर्ड गरेर पनि बजारमा आएका छन् र अहिले त्यसरी आएका गीतहरूले वजार लिइरहेका छन्। त्यस्ता गीतहरूमा केवल एकजना गीतकारले केटा र केटी दुवैको सवाज जवाफ समेटेका हुन्छन्, जसलाई गाएक गायिकाले त्यही अनुसार गाउने गर्दछन्। दोहोरी विशेष गरेर नेपालको मौलिक गीत हो। लोकभाका, गाँउका, दुःखका वेदनाका, प्रेमका वा समाज, वातावरण लगायतका सबैकुराहरूलाई समेटेर गीत सृजना गरिएका हुन्छ लोक गीतमा। अनि त्यही लोकगीतलाई जव सवाल जवाफ वा दोहोरो तर्फबाट गाइन्छ त्यस्ता गीतलाई लोक दोहोरी गीत भनिन्छ। दोहोरीमा विभिन्न पाटा हरू समेटिएका हुन्छन्।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर