spot_img

बुटवल मिलन चोक एक होटलमा एक पुरुषको रहस्यमय मृत्यु मृत्यु

बुटवलको मिलनचोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एन्ड लजमा शनिबार एक पुरुषको रहस्यमय मृत्यु भएको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाका अनुसार  शनिबार दिउँसो एक महिलासहित होटल पुगेका थिए । उनीहरू दुई बच्चासहित होटल पुगेका र दोस्रो तथा तेस्रो तलामा दुईवटा कोठा बुक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।होटल सञ्चालकका अनुसार उनीहरूले कोठामै खाजा मगाएर खाएका थिए । त्यसपछि सो पुरुष बेहोस  भएको भन्दै उनीसँगै पुगेकी महिलाले होटल सञ्चालकलाई जानकारी गराएकी थिइन् तत्काल एम्बुलेन्समार्फत लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । बाहिरी चोटपटक केही नदेखिएको र मृत्युको कारणबारे अनुसन्धान भइरहेको डीएसपी रानाले बताए ।

उनका अनुसार मृतकसँग बसेकी महिला बुटवल–२ पाखापानीकी ३० वर्षीया सुनार थरकी हुन् । “बाहिरी चोटपटक छैन, मृत्युको कारण खुल्न बाँकी छ,” डीएसपी रानाले भने ।

अनुसन्धानमा संलग्न टोलीका अनुसार उनीहरूले माथिल्लो तलाको कोठामा बसेर मासु र मदिरा सेवन गरेपछि तल्लो तलाको कोठामा सरेका थिए ।

घटनास्थलमा पुगेका होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधवप्रसाद खनालले मृत्युको कारण अहिलेसम्म नखुलेको जानकारी दिए ।

होटलका सञ्चालक शेरबहादुर रेस्मी मगर रहेका छन् । प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।श्रोत खबर कुरा ।।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर