spot_img

मर्चवारी, सिद्धार्थ, कन्चन लाई स्वास्थ्यका हरेक मापदण्डहरु पुरा गरेको आधारमा रुपन्देहीका उत्कृष्ट ३ स्थानिय तहरुलाई सम्मान

लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय रुपन्देहीले स्थानीय तहमा स्वास्थ्यका हरेक मापदण्डहरु पुरा गरेको आधारमा रुपन्देहीका उत्कृष्ट ३ स्थानिय तहरुलाई सम्मान गरेको छ।

आर्थिक वर्ष २०८१/०८२ मा स्वास्थ्य कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरी मुख्य मुख्य सूचाङ्कहरुको आधारमा गरिएको मूल्याङ्कनमा कञ्चन गाउँपालिका तेश्रो भएको हो। रूपन्देही जिल्लाका १६ स्थानीय तहरु मध्ये कञ्चन गाउपालिका तेश्रो हुंदा मर्चवारी गाउँपालिका पहिलो भएको कञ्चन गाउपालिकाका जन स्वास्थ्य निरीक्षक गणेश सुनारले जानकारी दिनु भएको छ।

यसैगरी सिद्धार्थ नगरपालिका दोश्रो भएको छ। स्थानीय तहमा बिभिन्न जन स्वास्थ्य सम्बन्धि बिभिन्न कार्यक्रमगरी नागरिकहरुको जीवन स्वस्थ बनाउने कार्यमा अहम भुमिका खेल्दै आइरहेका वटै स्थानीय तहलाई लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेम बहादुर सारुले बधाई तथा धन्यवाद दिनु भएको ।लुम्बिनी प्रदेश स्वस्थ्य मन्त्रालयका सचिब दुर्गा लक्ष्मी श्रेष्ठले स्थानीय तहलाई स्वास्थ्यका विभिन्न सुचाङ्कहरु पूरा गरि सबल बनाउन अहम भुमिका खेल्ने स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वस्थ्य स्वयम् सेबिका, स्थानीय जनप्रतिनीधि, कर्मचारी, साझेदार संस्था, टोल बिकास संस्था, क्लब तथा आमा समूह लगायत सरोकारवाला सबैलाई धन्यबाद दिदै स्रहना व्यक्त गर्नु भयो।कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य प्रशाशक उमादेबी थापाले आगामी दिनहरुमा पनि स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा उच्च मनोबलकासाथ समर्पित हुनुहुने छ भन्ने विश्वास व्यक्त गर्नु भयो।

83

पालिका भित्र बर्षभरी विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरि जिल्ला स्वास्थ्य कार्यलयले दिएको मापदण्ड र सुछछाङ्कहरु पूरा गरि कञ्चन गाउपालिका तेश्रो भएकोमा खुशी व्यक्त गर्दै कञ्चन गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवराज पोख्रेलले आगामी दिनहरूमा स्वास्थ्यको क्षेत्रमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्न साथै उत्कृष्ट नतिजा हासिल गर्न सरोकारवाला सबैको निरन्तर सहयोग, सहभागिता र प्रतिबद्धता रहनेछयसै सन्दर्भमा कञ्चन गाउपालिकाका स्वास्स्थ्य शाखा प्रमुख ढाल बहादुर जिसीले पालिकालाई जिल्लामै तेश्रो बनाउन महत्वपूर्ण भुमिका सहित योगदान गर्नु हुने सम्पूर्ण सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, टोल बिकास संस्था तथा साझेदार संस्थाका सबै प्रतिनिधिहरुलाई धन्यबाद सहित हरुमा बधाई समेत ज्ञापन गर्नु भएको छ। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले हरेक बर्ष जिल्लाका स्थानीय तहहरू र स्वास्थ्य कार्यलय अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको प्रमुख सूचकहरूका आधारमा मूल्याङ्कन गरि उत्कृष्ट स्थानीय तहहरुलाई सम्मान तथा प्रोत्साहन गर्दै आइरहौको छ। श्रोत कन्चन खबर

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर