spot_img

ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध ६५ वर्षीय गौतमको निधन

राष्ट्रिय ट्रेड युनियन महासङ्घ (जीफन्ट)का केन्द्रीय उपाध्यक्ष कमल गौतमको आज आकस्मिक निधन भएको छ । रुपन्देहीको भैरहवामा रहेको नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला अचानक बेहोस हुनुभएका ६५ वर्षीय गौतमको निधन भएको हो ।

उहाँलाई तत्काल मणिग्राममा रहेको क्रिमसन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले उपचारका क्रममा मृत घोषणा गरेका हुन् । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम २०५४ सालदेखि नेकपा एमाले निकट मजदुर सङ्गठन जिफन्टमा सक्रिय हुनुहुन्थ्यो ।

ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध आज उद्योगी र मजदुरले विरोध प्रदर्शन गरेका हुन् ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर