spot_img

कपिलवस्तुमा बसले पैदलयात्री ठक्कर दिदा एक जना को मृत्यु बसमा रहेका ५ जना घाइते

कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ वनकसबासमा यात्रुबस दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सन्तोष घिमिरेका अनुसार काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र. ०१–००६ ख ८५०६ नम्बरको यात्रुबस गएराति करिब २ बजे अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। सो क्रममा बसले बाटोमा हिँडिरहेका एक पैदलयात्रीलाई ठक्कर दिएको थियो।

अन्दाजी ५०–५५ वर्ष उमेरका पहाडी मूलका ती पुरुषलाई उपचारका लागि चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका छन्। मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

बसमा सवार पाँच जना यात्रु घाइते भएका छन्। उनीहरूको उपचार चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा भइरहेको र अवस्था सामान्य रहेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर