spot_img

पाल्पामा ईभी गाडी दुर्घटना ३ जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ पिपलभञ्ज्याङ्गमा लु प ०००१ ज ००९१ नम्बरको ईभी भ्यान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

आज बिहान बुटवलबाट छहरा मेहालढापको लागी छुटेको ईभी भ्यान १० बजे छहरा बजार बाट मेहलढाप तर्फ लागेको छहराका स्थानीयवासीले बताएका छन् । घटना साढे १० बजेको सेरोफेरोमा भए पनि घटनाको जानकारी करिब साढे १ बजे भएको स्थानीयवासी ईश्वर ज्ञवालीले बताए ।जिल्ला प्रहरी कार्यालय पाल्पाका दिएको जानकारी अनुसार इभी भ्यानमा चालक सहित ३ जना सवारी रहेको उनीहरूलाई घटनास्थल बाट उद्धार गरि अस्पताल तर्फ पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल प्रधानले बताए ।स्थानीयवासीले भने घटनास्थलमा ३ जनाको मृत्यु भएको बताएका छन् । दुर्घटनामा मृत्यु हुनेको भने सनाखत भएको छैन । ईभी भ्यान सडक बाट १ हजार ५ मिटर तल तल खसेको बताइएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर