spot_img

रुपन्देहीको गैडहवामा छठ पुजाको तयारी पूरा

सोमबार छठ पर्वलाई रूपमा मनाउनका लागि गैडहवा गाउँपालिका–६ सुर्यपुरा सन्तेश्वर घाट  किनारमा तयारी अन्तिम चरणमा पुगेको छ। छठ पर्व सूर्यपुरा सनातनी परिवारको आयोजनामा हुँदैछ।

गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालका अनुसार, सन्तेश्वर घाट  रुपन्देहीकै ठुलो छठ घाटका रूपमा परिचित हुँदै आएको छ। हाम्रो मधेशमा छठ पर्व आस्थाको ठूलो पर्व हो। यसलाई अझ व्यवस्थित र सुरक्षित बनाउन हामी सबै मिलेर लागिरहेका छौं अध्यक्ष पौड्यालले बताए।सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यो नै संसारको एक मात्र पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। यही कारणले यो पर्व श्रद्धा, आस्था र शुद्धताको प्रतीक मानिन्छ।

यस वर्ष सन्तघाटमा हजारौँ बेदी निर्माण भएका छन्। समितिका अनुसार करिब २० हजारभन्दा बढी श्रद्धालु भक्तजन सहभागी हुने अनुमान गरिएको छ। स्थानीय बासिन्दाका साथै छिमेकी गाउँपालिका र आसपासका जिल्लाबाट समेत भक्तजन आउने अनुमान गरिएको छ।सन्तेश्वरघाट वरिपरि अहिले सफाइ, बत्ती र सजावटका काम तीव्र छन्। बजारदेखि घाटसम्म झलुवा टाँगिएका छन् र भक्तजनको स्वागतका तयारी भैरहेका छन्।

सुर्य सनातनी परिवारको आयोजनामा भोलि साँझ अस्ताउँदो र पर्सि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै श्रद्धा, भक्ति र उल्लाससहित छठ पर्व मनाइनेछ साझ ६ बजे देखि रातीभर विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले बताएको छ ।

यस्तै गैडहवा वडा न १ देखि ९ सम्म का विभिन्न ताल तलैयामा बेदि निर्माण भैसकेको छ सबै बडामा छठको पुजा आजा गरिन्छ गैडहवा गाउँपालिकाले बिदा समेत दिएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर