spot_img

तिहार को टीका लगाउदा बेहोस भएका राष्ट्रिय जनमोर्चाका रुपन्देहीका अध्यक्ष को मृत्यु

भाइटिका लगाउँदा लगाउँदै बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्षको मृत्यु भएको छ। आज बिहीबार भाइटिका लगाउँदै गर्दा एक्कासि बेहोस भएका टानबहादुर केसीको अस्पताल लैजानेक्रममा बाटैमा निधन भएको हो।

बुटवलस्थित आफ्नै निवासमा भाइटिका लगाउँदै गर्दा बेहोस भएको र उपचारका लागि बुटवल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जनमोर्चाका नेता गंगालाल सापकोटाले जानकारी दिए।

अस्तालका सूचना अधिकारी विक्रम खड्काले केसीलाई अस्पताल ल्याइपुर्‍याउँदा मृत्यु भइसकेको जानकारी दिए।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर