पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं. १३ को बैकुण्ठे भिरमा जिप दुर्घटना हुँदा १२ जना घाईते भएका छन् । बुधबार बुटवलबाट बुर्तिबाङका लागि छुटेको जिप रानीमहल सडक खण्डमा दुर्घटना भएको हो ।
चालकसहित १४ जना सवार जिपका १२ जना घाईते भएको र दुई जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए । घाईतेमध्ये बागलुङको बडिगाड गाँउपालिका-७का २९ वर्षिय कल्पना विक र नवलपरासी बर्दघाट नगरपालिका-१० का ४६ वर्षिय चन्द्र कुमारी रोकाको अबस्था मध्यम छ । उनीहरुको अहिले मिसन अस्पताल पाल्पामा उपचार भईरहेको छ ।प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीका अनुसार, दुर्घटनामा बडिगाड गाँउपालिका-७ का सवारी चालक ३९ वर्षिय चितमान गुरुङसहित सोही स्थानका ४४ वर्षिय केशव गुरुङ, १८ वर्षिय सपना गुरुङ, ११ वर्षिय शिशिर विक समान्य घाईते भएका छन् ।
यस्तै निसीखोला गाउँपालिका-१ का ७ वर्षिय सृष्टि विक तथा ४७ वर्षिय दिल बहादुर थापा घाईते भएका छन् । पाल्पा जिल्लाको बगनाशकाली गाँउपालिका-८ का ३३ वर्षिय टिका न्यौपाने र १० वर्षिय रिदम न्यौपानको अवस्था पनि सामान्य छ
नवलपरासी बर्दघाट नगरपालिका-१० का २२ वर्षिय आशा कुमारी रोका र रुपन्देहीको सैनामैना नगरपालिका-३ का २७ वर्षिय हुमा छन्यालको अवस्था पनि सामान्य छ भने अन्य दुई जना सकुशल रहेको उनले जानकारी दिए । घाईते सबैको मिसन अस्पतालमा उपचार भईरहेको र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए ।



