बुटवल। रुपन्देहीमा मूर्ति विसर्जन गर्ने क्रममा डुबेर ३ जना युवाको मृत्यु भएको छ।
बुधबार गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा डुबेर तीन जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सुरज कार्कीका अनुसार मायादेवी गाउँपालिका वडा नम्बर–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको हो ।
बेपत्ता भएको खबरपछि प्रहरी र स्थानीयले खोजी गर्दा शव फेला परेको थियो। करिब २०० मिटर तल शव फेला परेको रुपन्देहीका प्रहरी प्रवक्ता कार्कीले बताए।
दानव र कञ्चन नदी शंगम सूर्यपुरास्थित सन्तेश्वर घाटमा बुधबार दिउँसो तीन बजे उनीहरू मूर्ति सेलाउन पुगेका थिए। सोही घाटमा छठको तयारी पनि सुरु भइसकेको थियो।



