spot_img

तिहार मनाउन घर हिडेका कपिलवस्तुका एक युवकको बुटवलमा बस को ठक्कर बाट मृत्यु

बुटवलमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

लुम्बिनी बस टर्मिनलबाट निस्किने क्रममा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हो।

बुटवलबाट नारायणगढ जान लागेको लु २ ख ४०९७ नं. को बस निस्किने क्रममा बसपार्कको गेटमै पैदल यात्रीलाई ठक्कर दिएको थियो। बिहान ७ बजे भएको उक्त दुर्घटनाबाट कपिलवस्तुको विजय नगर गाउँपालिका वडा नं. ७ बडसुदुवाका ३५ वर्षीय दिनेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।बसले ठक्कर दिएपछि यादवलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।बुटवलमा पेन्टिङको काम गर्दै आएका यादव तिहारको बिदा भएपछि बिहान घर जान बसपार्क जाँदै थिए।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले यादवलाई ठक्कर दिने बस र चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ९ का ४० वर्षीय भीम मगरलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर